नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टी एकता प्रक्रिया राजनीतिक रुपमा टुंगिएपनि पनि भावनात्मक एकता बाँकीनै रहेको बताएका छन् ।
शनिवार बाँकेको कोहलपुरमा पार्टीको प्रदेश ५ स्तरिय राजनीतिक प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पद प्रतिष्ठा पाउनको लागि मात्रै पार्टी एकता नगरिएको बताए । पार्टीका कार्यकतामाथि देखिएको दुविधा हटाउन प्रशिक्षण आवश्यक रहेको प्रचण्डको भनाइ थियो । लामो समयदेखि पार्टी एकताको विषयमा कार्यकर्ता र नेतृत्व तहबीच छलफल नभएको हुँदा दुविधा उत्पन्न हुनु स्वाभाविक भएको भन्दै प्रचण्डले यसैका लागि प्रशिक्षण गरिएको बताए । ‘ढुक्क हुनुस् एकतामा कुनै दुविधा छैन,’ उनले भने, ‘हो राजनीतिक एकता भए पनि सांगठनिक र भावनात्मक एकता केही बाँकी रहेकाले हामीले के सोच्नुप¥यो भने सामाजिक भावनात्मक वैचारिक ढंगले सुदृढीकरण गर्नुपर्छ ।’ प्रचण्डले समृद्धि र समाजवादको यात्रा तय गर्न पार्टी एकता गरिएको दावी गरे ।
मुलुकको समृद्धि र विकासका लागि नेकपाको सरकारले आर्थिक समृद्धीको लागि विशेष अभियानका कार्यक्रमहरु ल्याइएको र मूलकलाई समृद्धिको दिशा तर्फ लैजानको लागि क्रियाशिल रहेको पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डको भनाइ थियो । तत्कालिन अवस्थामा नेकपा माओवादी र नेकपा एमालेलाई बीच कार्यगत एकता गरि पार्टी एकिकरण अभियान लाई टुङगयाएको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम अध्यक्ष प्रचण्डले बताएका थिए ।
प्रशिक्षण कार्यक्रम बोल्दै अध्यक्ष प्रचण्डले प्रदेश नं. ५ द्वन्द्वकालिका एवं अन्य राजनीतिक परिवर्तनको समयमा यस प्रदेशका सबैभन्दा धेरै कार्यकर्ताले बलिदान दिएको बताए । जनताको सपना पुरा गर्ने तर्फ सरकार अघि बढिरहेको प्रष्ट पारेको धारणा राख्दै पअध्यक्ष प्रचण्डले नेतृत्व पंक्तिलाई सोही अनुसार अगाडी बढन् निर्देशन दिए । महासचिव विष्णु पौडेलले सरकारका काम र पार्टीका निर्णयलाई लिएर सातै प्रदेशमा अगुवा कार्यकर्ता भेला र प्रशिक्षणका कार्यक्रम सुरु गरिएको बताए ।
नेकपा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा (वादल)ले नेतृत्व एकताबद्ध भएर अगाडि बढेको भन्दै कार्यकर्ताहरुलाई सरकारका काम जनस्तरसम्म पु¥याउन आग्रह गरेका थिए ।