नेकपाको प्रदेशस्तरिय प्रशिक्षणमा मुख्यमन्त्री शंकर पोखरेल (भिडियो)


प्रदेश ५ का नेकपा इन्चार्ज एवं मुख्यमन्त्री शंकर पोखरेलले नेतृत्वकै कारण कार्यकर्तामा भ्रम छरिने गरेको भन्दै प्रशिक्षण कार्यक्रममा पार्टी एकता भनेको चुनाव जित्नका लागि मात्रै नभै समाज बदल्ने दृष्टिकोण तयार गर्नका लागि भएको बताएका छन् ।


प्रदेश ५ का नेकपा इन्चार्ज एवं मुख्यमन्त्री शंकर पोखरेल


प्रशिक्षणको मुख्य उद्देश्य नै पार्टीमा एकलय सिर्जना गरेरअघि बढ्नु रहेको भन्दै पोखरेलले तीन वटै तहका सरकारले गरेका राम्रा कामलाई तीन वटै तहका पार्टी संरचनाबाट जनताका घरदैलोमा सकारात्मक सन्देश प्रवाह गर्न आग्रह गरेका थिए ।
प्रशिक्षणको दोस्रो दिन आज सोमवार नेकपाको प्रदेश ५ कमिटिको पूर्ण बैठक आयोजना गरिएको नेकपा बाँकेले जनाएको छ । बैठक केही बेरमा कोहलपुरस्थित शहिद स्मृति भवनमा हुँदैछ ।

प्रतिक्रिया

प्रतिक्रिया