बाँकेका उद्योगको सर्वेक्षण गरिंदै

नेपालगन्ज एभरेष्ट जुत्ता उद्योगका संचालक रतिलाल पराजुलीले आफना उद्योगमा ३ जना कर्मचारी रहेको भन्दै कार्यलय प्रमुख देखि कर्मचारी राख्न नसकिएको बताए । ‘कामदार पाउनै समस्या छ, कहाँबाट ब्यबस्थापन हेर्ने कर्मचारी राख्नु,’ उनले भने , ‘सियो धागो देखि छाला किन्नु पर्छ उद्योगले उत्पादन्् भन्दा चाइनाको जुत्ता सस्तोका बिक्री हुन्छ’ । उद्योगपति पराजुलीले उद्योग धरासयी भएको भन्दै केही उपाय सोचीदिन् आग्रह गरे ।
उद्योगको सर्वेक्षणका लागि तथ्यांक कार्यालय नेपालगन्जले गरेको एउटा छलफलमा शुक्रवार अर्का सहभागी जुमइ दर्जीले एक करोडको लगानीमा संचालन गरेको पेट्रोल पम्प नविकरण नभएकै कारण बन्द गर्नुपरेको बताए । ‘पाँच बर्षमा एक पटक गर्ने नबिकरणको सुचना तीन महिना पछि थाहा भयो,’ उनले भने ,‘नविकरण रोकियो अहिले महिनाको ४४ हजार १३ रुपैया बैंकलाइ क्रण बुझाउँदै छु ।’ दुइ दाजु भाइ मिलेर खोलेका सो पम्प ६ महिनादेखि बन्द छ ।
बाँकेमा रहेका उद्योगको सर्वेक्षणका लागि तथ्यांक कार्यालय नेपालगन्जले तयारी सुरु गर्न अगावै उद्योगी संग राखेको छलफल कार्यक्रमका सहभागी उद्योगीहरुले तथ्यांक संकलन गर्ने तर समस्या समाधान नगर्ने परिपाटीको अन्त्य गर्न माग गरे ।
तथ्याकं कार्यालय नेपालगन्जले शुक्रबार जिल्ला स्तरीय कार्यक्रमको आयोजना गरेर ब्यवसायीलाई जानकारी गराएको हो । तथ्याकं कार्यालयले ५ ÷५ बर्षमा औद्योगिक गणना र १०÷१० बर्षमा सर्वेक्षण गर्दै आएको छ ।
कार्यालयका प्रमुख दान बहादुर एडीले फागुनको दोस्रो साताबाट सर्वेक्षण गर्ने बताए । ‘यसपाली भने दुबैलाई जोडेर एकिकृत र बृहत राष्ट्रिय औद्योगिक गणना गर्न लागेका हौ’ । प्रमुख एडीले भने,‘सर्वेक्षणले उद्योगको अवस्था बुझ्ने र राष्ट्रिय नीति बनाउदा मद्दत गर्ने छ ।’
प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडकाले यो तथ्यांक उद्योगीको हितमै भएकाले सबैले सहि सुचना दिएर सहयोग गर्नुपर्ने बताए । नेपालगन्ज उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्य, महासचिव चिरञ्जीवी ओलीले ब्यबसायीहरुसंग लगिएको तथ्यांकलाई समेटेर उद्योग संचालनमा देखिएका समस्याको निराकरणका लागि जिल्ला स्तरमा छलफल गर्नुपर्ने सुझाव राखे ।

प्रतिक्रिया

प्रतिक्रिया