शनिबार बाँकेको राप्तीनदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका कोहलपुरका शिव शर्माको शव फेला परेको छ ।
बाँकेको राप्तीसोनारी–१ अगैयामा पिकनिक गएका कोहलपुरका शिव शर्मा नदीमा बेपत्ता भएका थिए । उनले अगैयामा व्यवसाय गर्दै आएका थिए ।
ईलाका प्रहरी कार्यालय कोहलपुरले नदीमा बेपत्ता भएका ४२ वर्षीय शर्मा शनिबार अबेरसम्म खोजतलास गर्दा पनि फेला पर्न सकेका थिएनन् । आज आइतबार सुरक्षा वेस क्याम्प शमशेरगन्जको टोलीले शर्माको शव नदीबाट निकालेको हो ।
शनिबार बैंकका कर्मचारी र स्थानीय व्यवसायीहरुको समुह अगैयामा पिकनिक खान गएको थियो ।