अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जले दुई जनालाई घुस सहित पक्राउ गरेको छ ।
सेवाग्राहीसँग हाल साबिक भिडाउने काम वापत ३५ हजार लिएको अवस्थामा अख्तियारले नापी कार्यालय बाँकेका सर्भेक्षक याम बहादुर खत्री र आफुलाई लेखापढी व्यवसायीका रुपमा चिनाउने प्रताप केसीलाई समातेको सूचना अधिकारी लोकमणि पाण्डेले जानकारी दिएका छन् ।