ओशो जीवन जागृति केंद्र नेपालगंजको आयोजनामा एक दिवसीय सित्तैमा ध्यान सतसङ्ग सिबिर नेपालगन्जको सोल्टी होटलमा आयोजना हुँदै छ।
ध्यान नै जीवन हो ध्यान बिना जीवन अपुरो छ भन्दै ओशो धारा मैत्री संघ चितवनका संरक्षक आचार्य श्री मैत्रय बाबाको पहलमा परम गुरु ओशोका आफ्नै भाइ गुरुदेब डा. सैलेन्द्र सरस्वती ज्युको उपस्थिति हुन लागेको हो । टिकापुरमा चार गते एक दिवसीय ध्यान सिबिर छ तेहि अबसरमा नेपालगन्जमा तीन गते तीन बजे बाट पाँच बजे सम्म दुई घन्टा ध्यान सतसङ्ग हुन लागेको हो । चलनचल्तीमा मेडिटेशन भनिने ध्यानको अर्थ र महत्त्व निकै गहन छ।
जापानीहरुका झेन र चीनको च्यान शब्द नै ध्यानको अपभ्रंस शब्द हो । अङ्ग्रेजीमा ध्यानलाई मेडिटेशन पनि भन्ने गरिन्छ । ध्यानलाई जे जसरी सम्बोधन गरे पनि यसको मुख्य अर्थ भनेकै जागरुकता, जनचेतना, होस, साक्षी भाव तथा दृष्टा भाव हो । योगमा विभिन्न अंगहरु हुन्छन् । जसमध्ये आठौ अंग हो, ध्यान ।
ध्यानमात्र यस्तो तत्व हो जसलाई मानिसहरुले स्वतः स्फूर्त रुपमा मन मस्तिष्क शान्त बनाउन र आत्म आनंदका लागि प्रयोग गरिन्छ भन्ने विविध प्रयोग पनि त्यो ध्यान सत्सङ्ग कार्यक्रममा हुने छ। शो कार्यक्रम सोल्टी होटलमा हुने ओशो जीवन जागृती ध्यान केन्द्र नेपालगन्जका उपाध्यक्ष हेमन्त राज काफले ले जानकारी दिए।