मधुसुदन शर्मा रिजाल
ऐतिहासिक नगर नेपालगन्जमा अहिले नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनको लागि यहा“का उद्योगी, ब्यापारी बिच बहस र चर्चा चलिरहेको छ । यस निर्वाचनमा उद्योगी ब्यापारीको नेतृत्व गर्नका लागि पुरा प्यानल बनाएर दुई जना यूवा होनहार ब्यापारी यूवा टिमका साथ निर्वाचनको मैदानमा जुट्नु भएको छ । अपेक्षा गरौ यी यूवा नेतृत्वले अझ नेपालगन्ज उद्योग वाणिज्य संघको गरिमा र महत्वलाई उचा“ राख्नुको साथै नेपालगन्जको पहिचान स्थापित गर्नु हुनेछ । सो सन्दर्भमा आगामी निर्वाचित नेतृत्वले यि विषयलाई समेट्ने छ भन्ने अपेक्षाका साथ केही विषयलाई बहसमा ल्याएको छु ।
(क) खुला सिमाना सम्बन्धमा
लामो समयदेखि खुल्ला सिमानाका कारण रुपइडिहाको ब्यापार ब्यवसाय फस्टाउँदै गएको र नेपालगन्जको ब्यापार खस्किदै गएको भन्ने यहा“का उद्योगी ब्यापारीको भावनालाई समेट्दै खुल्ला सिमानालाई ब्यवस्थित गर्न केही महत्वपूर्ण विषय उठाउन गर्नु पर्ने देखिन्छ । जमुनहा भन्सारमा करिव ६ वटा Technically Sound x-ray मेसिन राखी चेक जाँच गर्ने ब्यवस्थापन गर्न र जमुनहा देखि चौलिकासम्म Strong CCTV Camera जडान गरेर त्यसलाई गृह मन्त्रालय र अर्थमन्त्रालयबाट Monitory गर्ने ब्यवस्था गर्नको लागि राज्यलाई दवाव दिन सकेमा यसले राष्ट्रय सुरक्षा र ब्यापार घाटामा न्यूनीकरण र राजश्व वृद्धिमा महत्वपूर्ण कार्य गर्नुका साथै भारतबाट मजदुरी गरेर आउने नेपाली नागरिकलाई अनावश्यक झन्झट लगाउने कार्य र भ्रष्टचार समेत न्यून हुन जान्छ । साथै बाके जिल्ला यस्तो जिल्ला हो जहा“ भारत संग सिमामा विवाद छैन । तसर्थ नेपाल भारत सिमामा काँडेतार लगाई बा“केको पूर्व एउटा छोटी भन्सार र जमुनाह भन्सार मात्र खुल्ला गर्न सके नेपालगन्जको ब्यापार लाई सहयोग पुग्नुका साथै राष्ट्रिय सुरक्षामा महत्वपूर्ण कार्य हुनेछ ।
(ख) विधान संसोधनमा
नेपालगन्ज उद्योग बाणिज्य संघको विधानामा सम्पूर्ण उद्योगी ब्यापारीले अपन्तव लिने भावनाका साथ विधानमा आवश्यक संसोधन गर्नु पर्ने देखिन्छ । १) हाल उद्योग तर्फको उपाध्यक्ष सम्पूर्ण ब्यवसायीले निर्वाचित गर्ने देखिएकोमा उद्योग तर्फको उपाध्यक्ष उद्योगीले मात्र निर्वाचित गर्ने ब्यवस्था गर्न पर्ने देखिन्छ । २) विभिन्न वस्तुगत संगठन गठन भई काम गरिरहेकोले वस्तुगत संगठनको प्रतिनिधित्व हने गरि एक जना वस्तुगत उपाध्यक्षको ब्यवस्था गरिनु पर्दछ । ३) महिला उद्यमी ब्यवसायीलाई प्रतिनीधित्व गर्ने गरि एक जना महिला उपाध्यक्षको ब्यवस्था गर्नु पर्ने देखिन्छ । साथै सम्पूर्ण गठनको नेतृत्वमा आ–आफ्नो क्षेत्रका विज्ञलाई राखी समस्या पहिचान र समाधान समितिको गठनमा गर्नु पर्ने हुन्छ । साथै हाल देखिएको निर्वाचन अस्वास्थ्य र निर्वाचनको मुखमा आएर नया सदस्य बनाउने र निर्वाचन जित्ने संस्कारको विकास भएको हुँदा मतदाता बन्नको लागि कम्तीमा दुई वर्ष सदस्य भएको र लगातार नविकरण गरेको हुनु पर्दछ । दुई वर्ष सम्म नविकरण नगरेकालाई पुनः नया“ सदस्य सरह ब्यवहार गरिनु पर्दछ । यसले एक हद सम्म निर्वाचनमा सक्षम ब्यक्ती चयन गर्न मद्दत गर्नेछ ।
(ग) प्रदर्शनी स्थल
यद्यपी सभाहल र प्रदर्शनी स्थल बनाउने कार्य राज्यको हो । तर पनि नेपालगन्ज उद्योग वाणिज्य संघको नेतृत्वका प्रदर्शनी स्थल र सभाहल बनाउनको लागि सरकार बाट १० विगाह जमिन भोगाधिकार प्राप्त भएको थियो । तर, सो जमिन सरकार आफै फिर्ता लिइसकेको अवस्था छ । विगतमा धेरै पटक निर्वाचित अध्यक्ष ज्यूहरुलाई वातावरण अनुकुल अवस्थामा, प्रदर्शनी स्थल बनाउनुहोस भनि रहँदा बैकमा पैसा राख्ने काम भयो साथै सचिवालयको एउटा यूनिट कारकादौंको जमिन परिसरमा रहेकोै लगौ भनिरहँदा उपलब्धी हुन सकेन उक्त घरमा औद्योगिक सुरक्षा बल राख्ने कार्य गरियो । जे होस्, जसो भए पनि राम्रो कार्य गरौ भन्दा हुन सकेन होला तर पनि सभाहल र प्रदर्शनी स्थल बनाउने कार्य राज्यको हो र त्यसको लागि संघीय, प्रान्तीय र स्थानीय सरकारलाई निरन्तर दवाव दिन पर्दछ ।
(घ) उद्योग वाणिज्य संघ र नागरिक प्रतिको दायित्व
१) नेपालगन्ज नगरको बीच भागमा रहेको औद्योगिक क्षेत्र साथै नगर क्षेत्र भित्र रहेको अन्य उद्योगलाई यथाशिघ्र अन्यत्र औद्योगिक क्षेत्र स्थापना गरि स्थानान्तर पर्नु पर्दछ । र, सोमा लाग्ने लगानी रकम राज्यले ब्यवस्थापन गर्नु पर्दछ र यसरी भएमा वाताारण प्रदुषणलाई न्यूनीकरण हुनका साथै नागरिकको स्वास्थ्यमा राम्रो प्रभाव पर्नेछ । साथै उक्त स्थानमा बृहत्तर प्रदर्शनी स्थलको निर्माण गरि ब्यापार ब्यवसायी र यद्योगको प्रवद्र्धन गर्ने कार्य गर्नु पर्दछ साथै हरेक वर्ष विभिन्न विधाका औद्योगिक एवं प्रदर्शनी लगाउने ब्यवस्था गर्नु पर्दछ ।
२) प्रत्येक ब्यापारी र प्रतिष्ठानले एउटा Degradable र एउटा Non Degradable आºनो पसल वा प्रतिष्ठानको अगाडी कुडादान राखी स्थानीय सरकार संग सहकार्य गरि नगर सफा राख्ने कार्य गर्न पहल गर्नु पर्दछ । र स्थानीय सरकारद्वारा घोषित गरिएको पलास्टिक मूक्त सहरको अवधारणालाई साकार पार्न सहयोग गनु पर्छ
(ङ) पार्किङ्ग ब्यवस्थापन र बजार ब्यवसायीकरण
१) स्थानीय सरकारले हाल सम्म खाली पार्किङ्ग स्थल कही छुटाएको छैन तसर्थ खाली जमिनलाई पार्किङ्ग स्थलको रुपमा विकास गर्न र पार्किङ्ग कम्प्लेक्स बिल्डिङ निर्माण गर्नको लागि स्थानीय सरकारलाई दवाव दिन पर्दछ । जस्तै वागेश्वरी मन्दिरको पूर्व साईडमा रहेको जमिनमा बिजनेश कम्प्लेक्स बनाउनुको सट्टा वागेश्वरी मन्दिर परिसरको पार्कलाई समेत समेटी अण्डरग्राउण्ड पार्किङ बनाउने र त्यसमाथि सुन्दर आकर्षक पार्क ( बगैचा) निर्माण गर्ने सुझाव दिने साथै दैलेखि बङ्गला जस्ता जमिनमा अन्डरग्राउण्ड पार्किङ्ग बनाउने अन्यथा आगामी १० वर्षमा नेपालगन्जका सडक पार्किङ्ग स्थलमा रुपान्तर हुनेछन् । यसले नगरको सौन्दर्यता मात्र होइन ब्यापार ब्यवसायीमा समेत ह्रास आउने छ ।
२) ट्राफिक संग समन्वय गरी नगरका हरेक सडकमा गति सिमा निर्धारण गर्ने कार्य गर्नु पर्दछ । साथै धम्बोझी चोकबाट त्रिवेणी मोडसम्म वागेश्वरी मन्दिर परिसरको रुपमा घोषणा गरि उक्त क्षेत्रमा निजी सवारीसाधन (मोटरसाइकल, साइकल र सार्वजानिक अटो) बाहेक अन्य प्रवेशमा रोक लाउन सकिन्छ ।
३) नगर भित्र रहेका गाडी, मोटरसाइकल सफा गर्ने वर्कसप, वेल्डिङ्ग मेशिन साथै यस्तै प्रकृतिका अन्य पसलहरु निश्चित एरिया निर्धारण गर्न सके नगरको सौन्दर्यता र ब्यवसायको केन्द्रिकरण हुने र पहिचान स्थापना हुने थियो जस्तो खजुरा रोड भनेपछि खाद्यान्नको ब्यवसाय भनेर चिनिन्छ ।
(च) नेपालगन्जलाई औद्योगिक हव बनाउने सन्दर्भमा
१) हाल नेपालगन्ज बजारमा बहस ब्यापक चलिरहेको छ, हामी बा“के र बर्दिया ६ नं. प्रदेशमा जान्छौं । म पनि यसमा सहमत छु । तर, भावनाले काम गर्दो रहेनछ । यथार्थतामा नेपालको संविधान र वर्तमान परिवेशमा यो सम्भावना न्यून छ । यसको पहल गर्ने साथीहरुलाई मेरो सदाशयता छ । तर, नेपालगन्जको उद्योग वाणिज्य संघको पहलमा दाङ्ग, पूर्वी रुकुम, बा“के र बर्दिया जिल्लाका जिल्ला तथा नगर उद्योग वाणिज्य संघले एउटा आवाज उठाउन र नेतृत्व गर्न सकिन्छ । त्यो हो बुटवल ‘हँुदैन उपयुक्त र पायक पर्ने ठाउँमा राजधानी बनाउ’ । यसको लागि यस क्षेत्रबाट निर्वाचित स्थानीय प्रतिनिधि, संघीय प्रतिनिधि, प्रदेश प्रतिनिधि एवं संघ संस्था र आम नागरिक समेतले एक सुत्रीय माग ‘राजधानी बुटवल हुँदैन उपयुक्त ठाउ“मा बनाउ’ भनेर राप्तीको पुल (भालुवाङ्ग) मा निरन्तरको धर्ना दिन सकेमा यो सम्भावना हुन सक्तछ । साथै बा“केलाई औद्योगिक हवको रुपमा विकास गर्ने हो भने बा“केमा खुल्ने उद्योग लाई आगामी १० वर्ष सम्म ट्याक्स मिनाह अभियान संघीय, प्रदेश र स्थानीय सरकारलाई दवाव दिनु पर्दछ ।
२) हाल चर्चामा रहेको भुरीगा“उ, तेलपानि राजमार्ग, चिसापानी कर्णाली राजामार्गका साथै नेपालगन्जदेखि सुर्खेत जोड्ने रत्नराजमार्गको स्तर वृद्धी गरि दुई वटा सुरुङ्ग मार्फत सुर्खेत जोड्नका लागि राष्ट्रिय योजनाबाट कार्य सुरु गर्न दवाव दिन सकेमा र हुलाकी राजमार्गलाई यथाशिघ्र निर्माण गर्न सकेमा यस क्षेत्रलाई औद्योगिक हब बनाउन मद्दत पुग्नेछ ।
(छ) अन्य
१) यस क्षेत्रको औद्योगिक, ब्यवसायीहरुलाई कर प्रणाली, भ्याट, लेखाप्रणाली साथै अन्य ब्यवसाय प्रवद्र्धन गर्नको लागि के कसरी गर्न सकिन्छ दक्ष जनशक्तिद्वारा सेयुअल बनाएर समय समयमा उद्योग वाणिज्य संघले तालिम तथा सेमिनारको ब्यवस्थापन अलग अलग विभाग बनाएर गर्नु पर्दछ । र अर्को यूनिट ब्यवस्थापन गर्नु गर्दछ ।
२) जबसम्म कृषिसँग जोडिएको कृषकको आयवृद्धी गर्न सकिदैन तबसम्म यस क्षेत्रमा ब्यापार वृद्धि हुँदैन । जबसम्म उपभोक्ताको आयवृद्धि हँुदैन तबसम्म क्वालिटी ब्यापार हुदैन । तसर्थ यस क्षेत्रमा कृषिको रोजगारी वृद्धी र उत्पादन वृद्धीको लागि संघीय सरकार, प्रान्तीय सरकार स्थानीय सरकार संग समवन्य गरी कार्य गर्नु पर्दछ । र, उद्योग वाणिज्य संघमा यसको युनिट अलग बनाइ ब्यवस्थापन गर्नु गर्दछ ।
३) यूवा रोजगारी र महिला रोजगार
यस क्षेत्रका यूवा र महिलालाई बढी भन्दा बढी स्वरोजगार बनाउनको लागि उत्पादन मुलक कार्य गर्न विभिन्न ट्रेडिङ्ग सेमिनारको ब्यवस्थापन गरि अलगै यूनिट स्थापना गरि समन्वयका साथ कार्य गर्नु पर्दछ ।
४) विद्युत सम्वन्धमा
सरकार विद्युत आवश्यकता अनुसार दिन सकिने भन्दछ । तर, स्थानीय प्राधिकरण संग विद्युत क्षमता माग्न गएको अवस्थामा छैन, लोड धान्दैन आदि जस्ता कुतर्क दिइन्छ । विद्युत प्राधिकरण पनि हामी जस्तै ब्यापार गर्न बसेको निकाय हो । तर यसको ब्यवहार अहिलेसम्म सुध्रिएको छैन । विद्युत जडान पछि हरेक उद्योग प्रतिष्ठान संग डिमाण्ड शुल्क भन्दै हरेक पटक लिइन्छ तर कुनै समस्या परेमा पुरानै सिस्टम निवेदन, हाकिमको तोक आदि अनि फेरी नजराना । तसर्थ नेपाल उद्योग वाणिज्य महासंघ संग सहकार्य गरि सर्भिस चार्ज एक पटक मात्र लिने र कुनै पनि उद्योग एवं प्रतिस्थानले फोन गरेमा तुरुन्तै विद्युत समस्या समाधान गर्ने बरु जे जति खर्च लाग्दछ अर्को विलमा जोडेर भुक्तनी लिने ब्यवस्था गर्नको लागि पहल गर्न लाग्नु पर्दछ ।
अन्त्यमा
नेपालगन्ज उद्योग वाणिज्य संघ ठुलो मेहनत र लगानीका साथ अग्रहजहरुले यस स्थान ल्याउनु भएको छ । सम्पूर्ण अग्रजलाई सम्मान गर्दै आगामी निर्वाचनका उम्मेदवार होनहार यूवा उर्जाशिल ब्यक्तित्वहरु नेतृत्वमा आइसकेपछि राजनीति, धर्म, क्षेत्र, लिङ्ग, र जात भन्दा माथि उठी ब्यवसायी हकहितको लागि ब्यवसायीका समस्या र गुनासो सुन्नको लागि website, Mobile App लगायतका आधुनिक प्रविधिलाई अंगीकार गर्दै ब्यवसायिक हकहितको पक्षमा डटेर लाग्नुहुनेछ भन्ने आशा लिएका छौं ।