जिल्लाकै खेलकुद हब बनाउने घोषणा
बाँकेको खजुरा गाउँपालिकामा उत्सवमय ढंगले दोस्रो अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । सोमबार सुरु भएको रनिङ शिल्ड उद्घाटन भव्यतापूर्वक आयोजना गरिएको हो ।
खजुरा गाउँपालिका शिक्षा समितिको आयोजनामा शिक्षा, स्वास्थ्य र खेलकूद खजुराको शान, विविधतामा एकता हाम्रो पहिचान भन्ने मूल नाराका साथ सुरु भएको प्रतियोगिताको उद्घाटन पूर्व खेलकुदमन्त्री दलजीत सिर्पालीले गरेका थिए ।
त्यसक्रममा बोल्दै पूर्व खेलकुद मन्त्री सिर्पालीले खजुरा खेलकुदमा धेरै अगाडि बढ्ने विश्वास व्यक्त गरेका थिए । उनले समृद्ध नेपालका लागि समृद्ध खजुरा आवश्यक भएको बताउँदै खजुराले आफु खेल, शिक्षा, स्वास्थ्यलगायतमा कुरामा हब बनाउने उद्देश्यमा यस्ता प्रतियोगिताहरु सहयोगसिद्ध हुने बताए ।
पूर्व मन्त्री सिर्पालीले खजुराको खेल क्षेत्रको विकासका लागि पदमा हुँदा सहयोग गरेको र पदमा नहुँदा पनि सहयोग गरिरहने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा प्रदेश सांसद बाबुराम गौतम, आइपी खरेलले शिक्षा र खेलकुदको क्षेत्रको विकासमा खजुरा गाउँपालिकाको अभियानमा आफुहरुको साथ र सहयोग रहेको बताए ।
खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले खजुरलाई खेलकुदको हब बनाउने घोषणा गरे । उनले खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिकालाई खेलकुद हबका रुपमा विकास गर्ने बताएका हुन् । शिक्षा विज्ञ भक्तबहादुर केसीले प्रतियोगितालाई भव्य ढंगले सम्पन्न गर्न जिम्मेदवार पदाधिकारी र विद्यार्थीहरुलाई आव्हान गरेका थिए ।
व्यवस्थापनको जिम्मा पाएको विद्यालय अमर मावि व्यवस्थापन समितिका अध्यक्ष डम्बर विक तुफान लगायतले देश र विश्वमा चिनाउने अभियान मेयर रनिङ शिल्ड भएको बताए । आगामी माघ ३ गतेसम्म संचालन हुने मेयर रनिङ शिल्ड प्रतियोगितामा आयोजना स्थल अमर मावि गौतमबस्ती सि गाउँमा विभिन्न विधाका खेलहरु संचालन भइरहेका छन् । प्रतियोगितामा खजुरा क्षेत्रका ६५ विद्यालयको सहभागिता रहेको छ ।
प्रतियोगितामा मा.वि.(कक्षा ९१२), आधारभूत तह (कक्षा १८) र आधारभूत तह (कक्षा १५) मा अध्ययनरत क्रमशः १८ वर्ष, १४ वर्ष र १२ वर्ष मुनिका सामुदायिक, संस्थागत र मदरसा गरी ६५ विद्यालयका १ हजार ४०६ विद्यार्थीहरुको सहभागिता जनाएका छन् । आधारभूत तह (कक्षा १५) का लागि बालमैत्री खेलहरु खेलाइने छ ।
मा.वि तर्फ एथलेटिक्स, भलिवल, कपड्डी, मार्शल आर्ट र चेस खेलका ३३ इभेन्ट्स, आधारभूत तह कक्षा (६८) तर्फ एथलेटिक्स, कपड्डी, मार्शल आर्ट र चेस खेलका २५ इभेन्ट्स तथा आधारभूत तह कक्षा १५ तर्पm लङजम्प, रिले १०० मि.दौड, चम्चा दौड ३० मि. र कुर्सी दौड खेलका ७ इभेन्ट्स गरी जम्मा ६५ ओटा खेलहरुमा प्रतिस्पर्धा भइरहेको सचिवालय संयोजक यमनारायण महतोले बताए ।
प्रतियोगिताका प्रथम, द्वित्तीय र तृतीय स्थान हासिल गर्ने विद्यालयहरुलाई मा.वि.तर्फ क्रमशः २० हजार, १० हजार र ७ हजार, आधारभूत तह १० हजार, ७ हजार ५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।
यसैगरी आधारभूतमा प्रथम, द्वित्तीय र तृतीयलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार, प्रमाणपत्र र ट्र«फी प्रदान गरिने स्रोत शिक्षक टंक दाहालले जानकारी दिए । विभिन्न विद्यालयको मार्च पास, खजुरा गाउँपालिका मिश्रित जातजाति र धर्मावलम्वीहरुको बसोवास क्षेत्र रहेकोले धार्मिक सद्भावको प्रतिकको रुपमा मेयर रनिङ शिल्ड खेलकूदको लोगोमा विविध धर्मका धार्मिक स्थलहरु अंकित गरिएको छ ।
त्यसैगरी खजुरा गाउँपालिकाको वडा नं. ६ गिजरा सामुदायिक वनमा पाइने विश्वकै लोपोन्मुख जनावर हुँडार (हाइना) लाई प्रतिक चिन्ह (मस्कट) को रुपमा राखिएको छ । शिक्षा, स्वास्थ्य र खेलकूद एकअर्काका परिपूरकका रुपमा रहेकाले र खजुरामा विविध जातजाति एवं भेषभुषा र संस्कृतिले सजिएको झाँकी तथा नौमती बाजा उद्घाटनमा प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का खजुरा गाउँपालिका उपप्रमुख एकमाया विक, बाँकेका प्रहरी प्रमुख वीरबहादुर ओलीलगायतको सहभागिता रहेको थियो ।