खजुरामा शिक्षा र स्वास्थ्य नीति पारित

खजुरा गाउँपालिकाको विहीबार सुरु भएको छैठौं गाउँसभाले खजुरा गाउँपालिकाको शिक्षा र स्वास्थ्य नीति पारित गरेको छ । विधान समिति संयोजक योगमाया खनालले प्रस्तुत गरेको स्वास्थ्य र शिक्षा नीतिमा सभामा छलफलपछि पारित भएको हो । नीति पारित भएपछि शुक्रबारसम्मका लागि गाउँसभा स्थगित गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले जानकारी दिएका छन् ।

सभामा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले चालू आर्थिक वर्षमा भए गरेका कार्य प्रगतिबारे सभालाई जानकारी गराएका थिए । शुक्रवार हुने गाउँसभामा शिक्षा ऐन, मानव बेचविखन विरुद्धको नीति, बालविवाह विरुद्ध रणनीति प्रस्तुत हुने खजुरा गाउँपालिका सूचना अधिकृत दिलबहादुर पौडेलले जानकारी दिएका छन् । गाउँसभाले योजना संसोधन लगायतका विषयमा छलफल बताइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया