रुविना अधिकारी

केही साता अघि पत्रपत्रिका हेर्दा देखिएका जुम्लाको खबरले मेरो मस्तिष्क हल्लायो । खबर थियो महिनावारी हँुदा विद्यालय जान नपाइने व्यवस्था । जमाना कहाँ देखि कहाँ पुगिसकेको बेला हामीमा भने अझै पनि महिनावारी हुनु नराम्रो हो भन्ने साेंच छ । महिनावारी खास के हो ? अझै बुझ्न सकेको छैनांै भने अरु कुराहरु कहिले बुझ्ने कहिले सिक्ने ? हामी कति पछाडी छौं के कुराको कारण होला यस्तो सोंच अझै नहटनुमा ? अझै पनि यस्तो भ्रम नहटे कहिले हट्छ त हामी सबै नेपालीको मस्तिष्कबाट ? यी र यस्ता कयौं प्रश्न उब्जिए ।


म पनि त्यही समाजमा, त्यही परिवेशमा हुर्केकी हँु ।जहाँ महिनावारी हुनु पाप हो भन्ने साेंच राखिन्थ्यो । आज भन्दा १५÷१६ बर्ष अगाडि मंै जन्मेको ठाउँमा महिनावारी हँुदा मान्छे नै हैन कुनै जनावर हो जसलाई छुट्टयाएर राख्नु पर्छ भन्ने मानसिकता राखिन्थ्यो । तर, अहिले पनि त्यहीि अवस्था रहेछ, भन्ने खबरहरु सुन्दा मन भरिएर आउँछ । त्यस्तै भयो जुम्लाको त्यो खबरले मलाई ।


मनमा प्रश्नहरु उठ्छन किन हामी अझै पनि यस्तो सोंचबाट माथि उठ्न सकिरहेका छैनांै । अहिले पनि मान्छेलाई पशुतुल्य व्यवहार गरिन्छ । जाडो, गर्मी, पानी, हावाहुरी, आँधँबेहरी,केहिको वास्ता नगरी छुट्टै गोठ बनाइ जनावरलाई जसरी राखिन्छ महिनावारी भएकी छोरीलाई । जहाँ शरीरको सुरक्षा गर्नु पर्छ भन्ने कुरामा हेलचेक्राई गरिन्छ । धर्म कर्ममा बिश्वास राख्नु पर्छ तर अन्धबिश्वास समाजको हितमा छैन । यस्ता अन्धविश्वासले गर्दा हामीले आफंैलाई नै दुख दिइरहेका छांै ।


अहिले झल्झली सम्झना आइरहन्छ, मेरो कुरा । म पहिलो पटक महिनावारी हुँदा नुहाएर पहिलो दिननै बाबालाई खाना पकाकर खुवाएकी हँु ।म महिनावारी हुने उमेर पुग्दा सम्म मेरो घरमा यो भनेको प्राकृतिक चिज हो कुनै पाप होइन भन्ने चेतनाको विकास भइसकेको थियो । अथवा महिनावारी अपराध होइन बरु यतिबेला शरीरलाई आराम र हेरचाह चाहिन्छ भन्ने सोंच थियो ।


मलाई त महिनावारी हँुदा केटा मान्छेलाई हेर्नु र छुनु पाप हो,२०÷२५दिन थुनिएर अँध्यारो कोठामै बसिराख्नु पर्ने भन्ने चर्चासम्म भएन । भान्सा कोठा र सधैं बसिराख्ने कोठामा जानै नहुने, यस्तो कुरा त भोग्नै परेन । विद्यालयका के कुरा । बरु पछि हजुर आमा हामीसंगै बस्न थाल्नु भयो अनि केही असहजता उत्पन्न भएको सम्झन्छु । आमालाई अरु केही कुराको भन्दा महिनावारी हँुदा छुट्टै सुतेनन्, बारेनन्, बाबालाई छोइदिए भन्ने कुराले पिरोल्न थाल्यो । तर, त्यो कुरामा हामी कहिले सहमत भएनौं । समझदारीमा ल्याउन नसक्दासम्म घरमा झगडा त्यहि कुरामा मात्र पथ्र्याे । समयक्रमसंगै हजुरआमालाई सम्झाउन थालियो, महिनावारीका बेला हेला गर्ने, घरबाहिर राखेर छोइछिटो होइन माया गर्नु पर्छ भनेर कन्भिन्स् गरियो ।


वास्तवमा हामीले हजुरआमालाई बुझाउन निकै मिहिनेत गर्नु प¥यो । खासमा मेरो आमाले हजुर आमासँग आफ्नै शैलीमा सम्झाउनु भयो, हाम्रो जमानामा समस्या थियो, पढेलेखेका थिएनौं अरुले जे भन्थे त्यही मान्नै पर्ने हुन्थ्यो । ‘तिमीहरु पढेलेखेकाहरुले अब यो समाजको अन्धविश्वास हटाउनु पर्छ,’ हजुरआमालाई सम्झाउने र हामीलाई बुझाउने आमाको व्यवहारले म निकै खुशी भएको थिएँ । अहिले पनि सम्झँदा आमा प्रतिको श्रद्धाभाव अझ ओझिलो हुन्छ । वास्तवमा बुझाउन सक्नु पर्छ सबैमा सोचाइको मात्र कुरा हो, यो परिवर्तन सम्भव छ भन्ने दृष्टान्त मेरै अनुभव हो,मेरै घर उदाहरण हो ।


एक त महिनावारी हुनु आफैमा पीडादायी अवस्था हुन्छ । त्यसमाथि थप पीडा, उफ ! विभिन्न शारिरिक र प्राकृतिक समस्या आउने महिनावारीमा सबैले माया स्याहार गरुन् लाग्छ, माया र विशेष स्याहारको आवस्यक महसुस हुन्छ । तर, बिडम्बना पीडा माथि अझै पीडा थपिन्छ अनि खबर सुनिन्छ छाउगोठमा किशोरीको ज्यान गयो । महिनावारी हुँदा सर्पले टोक्यो, बलात्कार भयो, महिनावारी हुँदा चिसोले सिकिस्त, छाउ गोठ भत्किएर महिलालाई चोट ! जहाँ शिक्षाको पहँुच छैन अथवा पुगेर नि सबै जना विशेषगरी छोरीले पढ्न पाउनु भएको छैन त्यहाँबाटथनै यसखालका समाचार आएको हुनुपर्छ । अशिक्षानै यसको कारण हो । तर, अचम्म पर्छु जब बजार सुगम ठाउँमा गरेको व्यवहार सम्झन्छु अनि त झनै रुन मन लाग्छ । कुरा सुन्छु आफूसंगै पढ्ने साथीहरुको जहाँ नत शिक्षाको कमि छ न त कुनै सेवाको । यहाँ पनि पहिलो पटक महिनावारी हँुदा २०÷२५ दिन अँध्यारो कोठामै लुकाएर राखिएको हुन्छ, अहिलेपनि । आजभोली पनि छुट्टै सुत्नै पर्छ, कोठा अलग, आमाबाबुसँगको बेड अलग, यस्तो लाग्छ कि आफ्नो छोरी हैन कोही अपराधी सरह घरमा बसिरहेको छ ।


छुनु हँुदैन पाप लाग्छ, भगवान रिसाउनु हुन्छ भन्ने भ्रम अझैं व्याप्त छ हाम्रो समाजमा । दबअजभयिच पढ्छन् साथजीहरु त्यो पनि पब्लिक हेल्थ, तर आफै यो कुरा नकार्न सक्दैनन् अरुलाई यस्तो गर्नु हुन्न भन्दै हिढ्छन तर आफ्नो घरमा आफै पीडित छन् । मेरै साथीहरु महिनावारीमा एक्लै कोठामा बस्न बाध्य भएका छन्, त्यो पनि सहरमैं । ‘यस्तो गर्न हुँदैन आमाले मार्नुहुन्छ,’ उल्टै मैलाई पो सम्झाउँछन्, हाँसो उठेर आउँछ अनि सोच्न बाध्य हुन्छु पढेलेखेका भन्नेको मुखबाट त यस्तो सुन्न पर्छ अरु कस्को आश गर्नु ?


हामीमा शिक्षासँगै जनचेतना आवश्यक छ । कानुनको कमी छैन, कार्यान्वयनमा हो समस्या । पढेर मात्र नहुने रहेछ भन्ने त मैले अनुभूत गरेका उदाहण छन् । कार्यान्वयनमा भएको लापरवाही हो । हजुरआमाबाट आमा, आमाबाट छोरी– बुहारी हँुदै लादिएका यस्ता कुसंस्कारलाई सच्याएर जाने कुरामा बेवास्ता गर्ने बानीले सबै बिगारेको हो । आफैबाट सुधारको सुरुवात गर्न नसक्नी बानीले ढिलाई भइसकेको छ । सुरुवात आफंैबाट गरांै संसार आफै बदलिन्छ ।


पाप र धर्मको कुरा नै गर्ने हो भने त आज सम्म कुनै भगवानले महिनावारी भएको बेला गर्नुपर्ने छोइबारले सजाय दिएको कहिंकतै सुनिएको छैन । यो सबै मान्छेले आफै बनाएको कथा कहानी हो जहाँ पीडा, यातना भन्दा अरु केही छैन । २१ आंै सताब्दीमा पुग्दा पनि अझै यस्तो सोंच बिचारले मान्छेलाई पछाडि पारिरहेको हो । अब महिनावारीमा छोइबार होइन, स्याहारमा सचेतना आवश्यक छ । कर्णाली र सुदूरपश्चिमका पहाडी जिल्लाका महिलाका लागि मात्र होइन, सहरकै छोरी बुहारीमैं भइरहेको यातना बन्द गरिनुपर्छ ।

प्रतिक्रिया

प्रतिक्रिया