आगामी माघ ११ गतेका लागि तय भएको नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन तयारीमा औपचारिकता दिइएको छ । निर्वाचन समितिले औपचारिक रुपमा सचिवालय स्थापना गरि काम शुरु गरेको हो ।
संघका मुख्य निर्वाचन अधिकृत टिकाजङ्ग हमालले निर्वाचन समितिको सचिवालयलाई औपचारिकता दिंदै तयारीलाई अगाडी बढाइएको बताए । त्यससँगै आगामी निर्वाचनका लागि निर्वाचन सम्बन्धि नियमावली तथा आचार संहिता पारित गरिएको छ ।
बुधवारनै संघका मतदातालाई अन्तिम रुप दिइएको छ । संघका अध्यक्ष नन्दलाल बैश्यका अनुसार, नविकरणका लागि दिइएको अन्तिम म्याद बुधवार सकिएसँगै संघका मतदाता ३ हजार २ सय नाघ्ने भएका छन् । यो संख्या पछिल्लो निर्वाचन भन्दा ४ सय बढी हो । वैश्यको अध्यक्षतामा बुधवार बसेको कार्यसमितिको ४९ औँ बैठकबाट निर्वाचन नियमावली र संहिता पारित गरिएको हो ।