कोरियामा सिकेको सीप र कमाएको पैसाबाट स्वदेश मै स्टील फर्निचर उद्योग, ४५ जना युवालाई रोगजारी दिइरहेका युवाको कथा
कृष्ण अधिकारी
बैदेशिक रोजगारीका क्रममा कोरिया पुगेका युवा सुरेश पराजुलीले कोरियामा सिकेको सीप र कमाएको पैसाबाट बाकेको कोहलपुरमा स्टील फर्निचर उद्योग खोलेर ४५ जना युवालाई रोगजारी दिएका छन ।
सन २००२ को डिसेम्बरमा कोरिया पुगेका सुरेशले १० बर्ष कोरियामा स्टील फर्निचर र फायर प्रुफ ढोका निर्माण गर्ने कम्पनीमा काम गरे ।
स्बदेश फर्किए पछि सुरेशले कोरियामा काम गर्दा सिकेको सिप र कमाएको पैसाबाट बाकेको कोहलपुरमा एच एस स्टील उद्योग खोलेका छन ।
करिब ७ करोडको लागनीमा ६ बर्ष पहिले खोल्नु भएको उद्योगमा स्टील उद्योगमा नया र आकर्षक डिजाइनका स्टील फर्निचरका कुर्चि , ढोका लगायतका सामाग्रीहरु उत्पादन हुन्छन ।
नेपालमा करिब ५ बर्ष स्टील फर्निचर उत्पादन गर्ने क्रममा ४०÷४५ जनालाई स्टील फर्निचर निर्माण सम्बन्धी सिप सिकाउनु भयो । नेपाल मै उद्योगका लागि आबश्यक पर्ने दक्ष जनशक्ति तयार भए पछि सुरेशले यो बर्ष देखि अत्याधुनिक प्रबिधिबाट फायर पु्रफ ढोकाको उत्पादन सुरु गरेका हुन ।
अत्याधुनिक प्रबिधिबाट फायर पु्रफ ढोकाको उत्पादन गर्ने सुरेश नेपाल मै पहिलो नेपाली ब्यबसायी हुनु हुन्छ । बिगतका बर्षहरुमा नेपालमा फायर पु्रफ ढोकाकाहरु चाइना लगायत बिदेशी मुलुकबाट आयात हुन्थ्यो ।
सुरेशले उत्पादन सुरु गरे पछि बिदेशबाट हुने आयात घटेर स्वदेशी उत्पादनले नै बजार लिन थालेको छ । बिगतका बर्षहरुमा उद्योग संचालनका लागि बिद्युतको समस्या भए पनि पछिल्ला बर्षहरुमा बिद्युतको समस्या अन्त्य भए पछि सहजै उद्योग संचालन भई रहेको छ । उद्योग संचालनका लागि हाल नेपालमा दक्ष जनशक्ति बाहेक अन्य कुनै समस्या नभएको सुरेशले बताए । सरकारको नीति उद्योग मैत्री बन्दै गएको बजार पनि राम्रो भएकाले नेपालमा उद्यमी ब्यबसायीहरुका लागि निक्कै राम्रो संभाबना र अबसर भएको उनको अनुभब छ ।
आफुले मेहनत गरेर काम नगर्ने अनि सरकार र अन्य निकायलाई दोष दिने प्रबृत्ति बढ्दै गएको बताउदै युवा उद्यमी पराजुली भन्नु हुन्छ नेपालमा पैसा उडि रहेको छ त्यसलाई समात्न मात्रै जान्नु पर्छ ।
बार्षिक ४ करोड रुपैयाको कारोबार गर्दै आउनु भएका सुरेशले फायर पु्रफ ढोकाहरुको उत्पादन सुरु भए पछि बार्षिक १५ करोडको कारोबार गर्ने लक्ष्य राखेका छन ।
सुरेशले संचालन गरेको एस एच स्टील उद्योगमा काम गर्ने मजदुरहरु पनि गाउ घर मै रोजगारी पाउदा खुसी छन । स्टील फर्निचर सम्बन्धी कुनै सीप नभएका मजदुरहरुले काम गर्दै सीप सिक्दै राम्रो आम्दानी गर्न थालेका छन ।
बाके कोहलपुरका राज कुमार थारु र उहाका परिबारका ४ जना सदस्यहरुले एस एच स्टील उद्योगमा काम गरेर आफ्नो परिबार राम्रो संग चलाउदै आएको छन ।