नेपालगन्जमा ‘समर क्वीन’


चिनियाँ सामाजिक सञ्जाल वैपोमा पछ्याउनेहरुकी ‘समर क्वीन’ अर्थात् चीनकी पख्र्यात सेलिब्रेटी स्वी छिङ नेपालगन्ज हँुदै बर्दिया पुगेकी छिन् । हन्ड्रेड फ्लावर्स अर्थात सयवटा फूलभन्दा पनि सुन्दर व्यक्तिको उपमा पाएकी ती सुन्दरीलाई नेपालगन्ज विमानस्थलमा स्वागत गरिएको हो ।
१.४ अर्ब फ्यान फलोअर्स रहेकी ५० वर्षीया अभिनेत्री स्वी छिङ नेपाल भ्रमण वर्ष २०२० का लागि चिनियाँ सदभावना दूत हुन् । शनिवार बर्दिया भ्रमणमा आएकी उनलाई नेपालगन्ज बिमानस्थलमा पर्यटन क्षेत्रमा सक्रिय होमस्टे एशोसिएशनका पूर्व केन्द्रीय अध्यक्ष एवं नेकपा पर्यटन बिभाग प्रदेश ५ का अध्यक्ष भिम केसी लगायतले स्वागत गरेका हुन् ।


बर्दियाको बाँसगढीमा नगर प्रमुख सालिकराम अधिकारी सहितको टोलीले भब्य स्वागत गरेपछि भुरीगाउँमा ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख घननारायाण श्रेष्ठले स्वागत गरेका छन् ।
सतकुलुवास्थित बेला सामुदायिक होमस्टेमा पुगेकी चिनियाँ सुन्दरी स्वी छिङ आज आइतवार बर्दिया राष्ट्रिय निकुञ्जमा भ्रमण र सरोकारवाला निकायसंग भेटघाट गर्नेछिन् । गत अक्टूबरमा नेपाल भ्रमणमा रहेकै बेला सरकारले उनलाई सद्भावना दूत घोषणा गरेको थियो । बर्दियामा हात्ती सफारी, लुम्बिनी जाने कार्यक्रम रहेको बताइएको छ ।


चीनकी चर्चित अभिनेत्री स्वी छिङको बाँके, बर्दिया भ्रमणले नेपाल भ्रमण वर्ष २०२० मा यस क्षेत्रमा चिनियाँ पर्यटक आउने सम्भावना बढाउने सम्बद्धहरुको भनाइ छ ।

प्रतिक्रिया

प्रतिक्रिया