मनाइयो सामाजिक सुरक्षा दिवस

बिष्णु पाेखरेल

सरकारद्वारा गत २०७५ मंसिर ११ गतेदेखि शुभारम्भ गरपएकाे सामाजिक सुरक्षा कार्यक्रम आज १ बर्ष पूरा भएकाे छ । साे योजनामा आवद्ध भएर दुखद मृत्यु भएका श्रमिकका परिवारले अन्तिम संस्कार खर्च वापत जनही २५ हजार र निवृत्तिभरण योजना अन्तर्गत मासिक पेन्सन पाउन आजैदेखि शुरु भएकाे छ ।


आज नेपालगन्जमा प्रथम सामाजिक सुरक्षा दिवस मनाईएकाे छ । साे दिवसको अवसर पारेर नेपालगन्ज मेडिकल कलेजकाे हलमा आयोजना गरिएको कार्यक्रम संयुक्त ट्रेड युनियन महासंघ ५ नम्बर  प्रदेश सचिवालय सदस्य पुर्ण केसीकाे अध्यक्षतामा सभा तथा छलफल गरि मनाईएकाे छ ।


अाजै कोषमा सूचीकृत सहभागीतामा समावेश भईसकेका सडक दुर्घटनामा परी मृत्युवरण गर्न पुगेका २ जना श्रमिकका आश्रित परिवारलाई सामाजिक सुरक्षा योजना अन्तर्गत आज सहायता उपलब्ध गराईएकाे खबर छ ।


अाज नेपालगन्जमा भएकाे संयुक्त ट्रेड युनियनकाे साे कार्यक्रममा वक्ताहरूले श्रमिक र राेजगारदाता दुबैकाे हितकाे लागि याे कार्यक्रम अत्यन्तै लाभदायक छ भन्ने कुरामा प्रकाश पारिएकाे छ ! कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै नेपालगन्ज मेडिकल कलेजकी नर्सिङ ईन्चार्ज तथा जिफन्ट केन्द्रीय सदस्य सुमन गिरी श्रेष्ठले याे काेष अवश्य सफल हुन्छ, याे कुनै नाैलाे अवधारणा हैन बरु निखारिएकाे जाेखिम बहन गरने कार्यक्रम हाे भन्नू भएकाे छ । काेष बारे प्रकाश पार्दै उहाँको कथन थियाे, द्रव्यकाेष राणाकालमा, सन्चयकाेष पन्चायत कालमा, हाल अाएर नागरिक लगानी काेष लागू भए जस्तै सरकार, प्रतिष्ठान र  श्रमिकको हितमा त्रिपक्षीय सहमतिमा लागू भई अाएकाे सामाजिक सुरक्षा काेष हाे ! बरु अझै याे कार्यक्रम बारे व्यापक अध्ययन गराैं, अाफुले जानेकाे अरुलाई सिकाअाैं, याे कार्यक्रम हाम्रा लागि पनि परिवारकाे लागि पनि अति अावश्यक छ ! 


नेपालगन्ज मेडिकल कलेज कै कर्मचारी तथा ट्रेड युनियन काङ्ग्रेसका सदस्य राम बहादुर मल्लकाे कथन थियाे याे याेगदानमा अाधारित सामाजिक सुरक्षा कार्यक्रममा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले हरेक काेणबाट सहयाेग गर्छ, यसकाे महत्त्व र प्रक्रियाबारे सबै युनियनहरुले बुझ्न जरुरी छ, कानुन र व्यवस्थाले प्रत्याभूत गरेकाकुरा हामीले लागू गराउन पहल गर्नै पर्छ । सामाजिक सुरक्षा कार्यक्रममा अझै अाशालाग्दाे दृश्य अाएकाे छैन, १ हजार राेगारदाता र १ लाख श्रमिककाे सहभागीता निकै कम हाे, न्युनतम ज्याला लागू हुन सकेकाे छैन, चुनाैति धेरै छन, हामी हाम्रा हकप्रद कुरा बचाउन निरन्तर लाग्नै पर्छ !कार्यक्रममा प्रतिष्ठानका तर्फबाट नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले याेगदानमा अाधारित सामाजिक सुरक्षा दिवसकाे शुभकामना दिदै याे कार्यक्रम निकै राम्रो हाे भन्ने मान्नु भएकाे छ । उहाँका अनुसार यसका निकै राम्रा पक्ष र जाेखिम बहन गर्ने पाटा हुन सक्छन भन्दै श्रमिक र उद्योग प्रतिष्ठान नङ र मासु मात्रै हैन श्रीमान श्रीमती जस्तै सुमुधुर हुनुपर्छ ! स्किल्ड श्रमिक हुनु पर्छ, राजनीति भन्दा काम वा श्रममा लाग्नु पर्छ, विदेश जानू, युवाअवस्था विदेशमै खर्चनु विडम्वना हाे, याे याेगदानमा अाधारित सामाजिक सुरक्षा कार्यक्रमले परि अाएमा या भवितव्य परेमा सबै खर्च बेहाेर्छ। तसर्थ सबै राेजगार दाता काेषमा जाअाैं, कामदार पनि सबै जाअाै, ईमानदारी पुर्वक काेषमा दर्ता गराैं भन्दै काेषमा नजानेहरु कानुन र अधिकारका बाधक हुन भन्नू भएकाे छ ! राज्यकाे नीति नियम पालन हुनै पर्छ, हामी काेषका साथसाथै छाै !


नेपालगन्ज अाैद्याेगिक क्षेत्र व्यवस्थापक कृष्ण पुनले याेगदानमा अाधारित सामाजिक सुरक्षा कार्यक्रम सफलताकाे बधाई तथा शुभकामना छ भन्दै याे कार्यक्रम पेसाकर्मीहरुकाे महाकुम्भ हाे, सबै श्रमिक पेसाकर्मी हरु संगठित हुनु पर्छ । यस सामाजिक सुरक्षा कार्यक्रम बारे प्रकाश पार्न सकिएकाे छैन।काेषले धेरै प्रतिफल दिन्छ, यसले मजदर मात्रै हैन राेजगारदातालाई पनि फाईदा हनेछ ।यातायात क्षेत्र ट्रेड युनियनका नेता वसन्त मल्लका अनुसार याे याेगदानमा अाधारित सामाजिक सुरक्षा कार्यक्रम नया सम्बिधान र कानुनले परिकल्पना गरेकाे सरकार, राेजगारदाता र श्रमिक बिचकाे त्रिपक्षीय सहमति हाे ! न्युनतम पारिश्रमिककाे विपक्षमा केही राेजगारदाताबाट धेरै अबराेध अाए, अहिले पनि याे याेगदानमा अाधारित सामाजिक सुरक्षा कार्यक्रम कसरी असफल गर्ने भन्नेमा चलखेल हुन सक्छन, यद्यपि सरकारले स्पस्ट नीति र कार्यक्रम बनाईसकेकाे अवस्थामा हामी श्रमजीवी कामदार अाशाबादी चाहिँ छाै । अहिले पनि केही कुरामा अलमलमा छ, नागरिक लगानी काेषमा रहेकाे श्रमिकको रकममा १५% कर काटनु अव्यवहारिक हाे, यसमा हाम्रो असहमति छ । नियुक्ति पत्र र उपदान दिने प्रतिष्ठानले यसमा जान कुनै थप व्ययभार हुने छैन, मृत्युको क्षेतिपुर्ति यसबाट सहजता हुनेछ । कार्यान्वयनमा गति बढेन भने चाहिँ  समस्या हुनेछ । सबैले जिम्मेवारी निभाउन पर्छ भन्दै सगरमाथा जानू छ तर नाम्चेबजार कहाँ छ पत्ता लाउन कठिन छ भन्नू भयाे !


शिक्षा क्षेत्रमा लामाे अनुभव संगाल्नु भएका नेपाल ट्रेड युनियनका सचिव  ताेजिन्द्र बहादुर बिकले राज्यले सन्चालित सरकारी स्कुलका बालबिकाश कार्यक्रमका शिक्षकलाई ६ हजार र विद्यालय कर्मचारीलाई ४५सय मात्रै दिएकाे अवस्थामा राेजगारदातालाई न्युनतम पारिश्रमिक दिएनन भन्ने अाक्षेप लगाउनु हताराे हुनेछ भन्दै याेगदानमा अाधारित सामाजिक सुरक्षा कार्यक्रमले अङ्गिकार गरेकाे परिकल्पना ठिक छ, हामी संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका सबै संयुक्त ट्रेडहरु सकारात्मक छाैं, सबैले हातेमालो गराैं, यसले राेजगारदाता र श्रमिक दुबैकाे भलाे गर्छ भन्नू भयाे ।


नेपालगन्ज श्रम कार्यालयका कार्यालय प्रमुख हरिशरण चाैलागाईले याेगदानमा अाधारित सामाजिक सुरक्षा कार्यक्रम सन्चालन गरेकाेमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रलाई धेरै धेरै धन्यबाद छ भन्दै यश कार्यक्रमका लागि हामीले खासै काम गर्न सकेका छैनाै, याेगदानमा अाधारित सामाजिक सुरक्षा कार्यक्रम अाउनुभन्दा पहिले पनि निजि प्रतिष्ठानले खातामा रकम राखेकै थिए, केही प्रक्रिया फरक हाे तर याे निकै राम्रो कार्यक्रम हाे, अध्ययन गराै, बढिभन्दा बढि जानकारी गराैं । याे काेष सामुहिक साैदाबाजी गरेर व्यवस्थापन गर्ने कार्यक्रम हाे । याे काेषमा सबै राेजगारदाता जानै पर्छ, सबै श्रमिक जान उत्साहित गराउनुस, अाउनुस छलफल गराै, सहकार्यमा जाअाै, सिकाै र सिकाअाैं । याेजनाबद्ध तरिकाले याेजना बनाएर अघि बढाैं भन्नुभएको छ।


संयुक्त ट्रेड महासंघ प्रदेस सचिवालय सदस्य पुर्ण केसीले याेगदानमा अाधारित सामाजिक सुरक्षा कार्यक्रमबारे चासाे राख्नेले धेरै पक्षहरु बुझिसक्नु भएकाे छ भन्दै यस काेषमा लगानी गर्नेले रिटर्न पाउछ, पाउन अाजै देखि शुरु भईसकेकाे छ भन्दै निश्चित अवधि काम गर्नेले याेगदान गरेकाे रिटर्न पक्कै हुन्छ । याे त्रिपक्षीय सहमतिमा सुचारू भएकाे कार्यक्रम हाे, यसबाट कसैले पन्छिन खाेज्न मिल्दैन र कसैले पन्छिनु, सहभागी हुन्न भने पनि याे कार्यक्रम असफल हुनेछैन भन्नेमा जाेड दिनु भयाे । हेटाैडाकाे  र चितवनकाे २ जना सहभागी मृतकबारे जानकारी दिदै यसकाे महत्त्व र प्रक्रियाबारे स्पष्टता पार्नु भयाे । उहाँले जाेड दिदै भन्नुभयो, हामी याेगदानमा अाधारित सामाजिक सुरक्षा काेषमा छिराै, अनि सुधारमा पहल गराै, काेषबारे मजदुरलाई कसरी सहजीकरण गर्नेमा हामी लागाै । पुर्व मन्त्री गाेकर्ण विष्ट देखि वर्तमानका मन्त्रीले समेत  याे कार्यक्रममा धेरै जाेड गर्नु भएकाे छ भन्दै सबै व्यवसायी र उद्योगीहरु याे कार्यक्रममा जानै पर्छ भन्नुभयाे ! 


कार्यक्रमकाे राैनक र वक्ताहरूकाे वक्तव्यले उपस्थित सयाैं कामदारहरुमा जानकारी त भयाे नै तरपनि अझै धेरै जिज्ञासा पनि अाएका छन । जिज्ञासा राख्दै नेपालगन्ज मेडिकल कलेजका युनियन नेता पुर्णसिंह ठकुरीले अन्य काेषमा समावेश भएका यता अाउदा के हुने, नागरिक लगानी काेषकाे रकम कसरी व्यवस्थापन गर्ने, कर्मचारी संचय काेषकाे रकमबारे तथा १५ बर्ष काम गर्न उमेरले नभ्याउनेकाे हकमा के हुने अादि जिज्ञासा राख्नु भयाे ! उहाकाे जिज्ञासामा ट्रेड युनियनका नेताहरुले  स्पष्टता पार्दै काेषकाे व्यवस्थापन र कार्यक्रममा सहभागिता बारे प्रकाश पारिएकाे थियाे !

प्रतिक्रिया

प्रतिक्रिया