बाँके : झोले चिकित्सकको उपचारले दुई जनाको मृत्यु

नरैनापुर गाउँपालिकामा झोले चिकित्सकको उपचारबाट हिजो दुई जनाको ज्यान गएको छ । भारत श्रावस्ती जिल्लाको मनकौरा गाउँ बस्ने झोले चिकित्सक राजेश सिंहको उपचारका क्रममा नरैनापुर–५ मटेहिया बस्ने वर्ष ३० को गयाराज धोबी र राप्तीसोनारी गाउँपालिका वडा नं.७ गेंदवा गाउँ बस्ने वर्ष २८ को मालिक राम धोबीको ज्यान गएको प्रहरीले जनाएको छ ।

घरमा मुण्डनको कार्यक्रम थियो भोज खाएपछि बोमिट हुने क्रम बढेपछि परिवारका सदस्यले डाक्टर बोलए, इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज मान बहादुर बिसीले भने, उपचारकै क्रममा गयाराजको मृत्यु भयो, मालिक रामलाई उपचारका लागि नेपालगन्ज लैजाने क्रममा ज्यान गएको हो ।

करिब २५ वर्ष देखि गाउँमा अवैध उपचार गरी बसी आएका चिकित्सक राजेश सिंहको यो पहिलो घटना होइन, स्थानीय मयाराम धोबीले भने, धेरै मान्छेको मृत्यु भयो तर जाँच नभएका कारण कुरा खुलेन । मृत्युपछि दुबैको शव परीक्षण पछि अन्त्येष्टी गरिएको प्रहरीले जनाएको छ । आज विहान प्रदेश नं.५ की सांसद कृष्ण केसी(नमुना)ले घटनास्थलको अवलोकन र पीडितहरु संग भेटघाट गरेकी छन् ।

नरैनापुर क्षेत्रमा रहेका जम्मै अवैध क्लिनिक बन्द गर्न निर्देशन दिएकी छु, दैनिक नेपालगन्ज संग कुरा गर्दै सांसद केसीले भनिन्, अब यस्तो घटना दोहोरिनु हुन्न । गाउँमा रहेका अन्य अवैध क्लिनिकको अवलोकन पछि उनले सबै क्लिनिक शिल गर्न प्रहरीलाई निर्देशन दिएको बताइन ।

2076/08/10

प्रतिक्रिया

प्रतिक्रिया