आहा बसपार्क

नेपालगन्जको आधुनिक बसपार्क सञ्चालनमा आएपछि यात्रुको व्यवस्थापन तथा बसहरु पार्किङ्ग सहज बनेको छ ।

निर्माण सुरु भएको साढे तीन बर्षपछि गत असोजबाट बसपार्क सञ्चालनमा आएको हो । १४ करोड ९४ लाखमा सम्झौता भएको बसपार्कका लागि उपमहानगरपालिकाले सौन्दर्यकीकरणका लागि बजेट थप गरेको थियो ।


बसपार्क सञ्चालनमा नआउँदासम्म सडकबाटै यात्रु चढाउने, झार्ने गरिन्थ्यो भने बसहरु असुरक्षित रुपमा सडकमै बसहरु पार्क गर्न बाध्य थिए । हेर्दै आकर्षक रहेको बसपार्क पुग्ने जो कोहीले पनि तस्विर लिने गरेको देखिन्छ ।

यात्रुहरु बस्नका लागि बेन्चहरुको व्यवस्था गरिएको छ । बसपार्क भित्रै खाना, नास्ता लगायतका पसलहरु पनि सञ्चालनमा छन् । उपमहानगरपालिकाले हाल आफैले बसपार्क सञ्चालन गर्दै आएको छ ।

बसहरु पार्किङ्गका लागि केही शुल्क समेत उपमहानगरपालिकाले लिंदै आएको छ । ‘लामो समयदेखिको सास्ती सकिएको छ’, चालकहरु भन्छन् ।

प्रतिक्रिया

प्रतिक्रिया