विद्यालयमा अतिरिक्त कृयाकलाप साथै यौन प्रजनन स्वास्थ्य बारे पढाई हुनु पर्नेमा जोड

बाँके – सामुदायिक विद्यालयहरुमा अतिरिक्त कृयाकलाप साथै यौन प्रजनन स्वास्थ्य सम्बन्धि पढाई हुनु पर्ने डुडुवा र राप्तीसोनारी गाउँपालिकाका विद्यार्थीहरुले बताएका छन्।  

पछिल्लो समयमा सामुदायिक विद्यालयमा अतिरिक्त कृयाकलाप कम भईको अभिभावकको पनि गुनासो रहेको छ । महिला र बालिका बिरुद्द हुने हिसा अन्त्यका लागी अभियान कार्यक्रम अन्तगत आज बाकेको ८ बिधालयमा स्याक नेपाल र अक्स्फाम नेपालको सहयोगमा तथा बिधालय र बाल क्लबको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । डुडुवा गाउपालिकाको ज्ञानदिप माबी डलैपुर, शहिद स्मारक माबी पदमपुर, जनता आधारभुत बिधालय ,पिप्रहवा, पशुपती माबी नौरीगौढी तथा राप्ती सोनारी गाउँपालिकाको नेरामाबी,चिलहरिया, भुवरभवनी माबि ,बिनौना,सिद्देश्वर माबी , मोहनपुर सरस्वती माबी पनेरियमा हाजिरी जवाफ प्रतियोगिता सम्पन भएको छ  ।

डुडुवा गाउँपालिकाको वडा नं ५ पदमपुरमा अवस्थित शहिद स्मारक माबिमा सम्पन्न हाजिरी प्रतियोगितामा ६ समुह को सहभगिता रहेको थियो । उक्त प्रतियोगितामा गंगाराम खडका,किरण यादव,आशिका गिरीको समुह प्रथम त्यसै गरि शुशिल यादव,दीपा एरि,भुमिका यादवको समुह दोस्रो , लक्ष्मण खडका,मंगल यादव, सबित्री बुढाथोकीको समुह तेस्रो भएको स्याक नेपालका तथ्याक अधिकृत तथा सुपरभाईजर कृष्ण गिरीले जानकारी दिए । बिजयी प्रतियोगिताहरुलाई सहायक प्राधानध्यापक ज्वाला प्रसाद रेग्मी र राम बहादुर ओलीले पुरस्कार वितरण गरेका थिए ।

महिला र बालिका बिरुद्द हुने हिसा अन्त्यका लागी अभियानका कार्यक्र संयोजक राम कुमारी चौधरीले महिला र बालिका बिरुद्द हुने हिसा सम्बन्धि प्रश्न सोधेको बताईन्  र यसरी बालबालिकाको बौद्धिक विकास पनि हुुने  र बालबालिका सम्बन्धि कानुन सम्बन्धि जानकारी विद्यार्थीहरुलाई हुने हुदाँ विद्यालय तहमा हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको बताईन ।

प्रतिक्रिया

प्रतिक्रिया