नेपालगन्जमा युवा संघ र अनेरास्ववियु को संयुक्त बिरोध प्रदर्शन

नेपालगन्ज – भारतले नेपाली भु-भाग मिचेर सार्वजनिक गरेको नयाँ नक्साको बिरुद्धमा युवा संघ बाँकेको आयोजना तथा अनेरास्ववियु र अखिल क्रान्तिकारी समेतको सहभागीतामा नेपालगन्जमा बिरोध र्‍याली निकालेको छ ।

नेपालगन्जको बिपि चोकबाट सुरु भएको बिरोध र्‍याली धम्बोझी चोकमा पुगेर बिरोध सभामा परिणत भएको थियो ।
गो ब्याक इन्डिया , भारतिय बिस्तारवाद मुर्दाबाद , हाम्रो जमिन फिर्ता गर जस्ता भारत बिरोधि नारा र प्लेकार्ड सहित हजारौंको संख्यामा उपस्थिति रहेको बिरोध कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघ बाँकेका अध्यक्ष किशोर थापाले लिपुलेक विशुद्ध हाम्रो हुदा हुँदै पनि भारतले आफ्नो निजि स्वार्थको निम्ति आफ्नो नयाँ नक्सामा हाम्रो भुभाग समाबेश गरेको बताएका छन् ।

अध्यक्ष थापाले त्यसको बिरुद्धमा बाँकेका युवाहरु मात्रै नभएर सिङ्गो देशका युवाहरुले बिरोध गरिरहेका छन् । हामी भारतलाई चेतावनी दिन चाहन्छौं , एउटा छिमेकीले अर्को छिमेकीलाई यो किसिमको ब्यवहार नगर्न र अन्य छिमेकी राष्ट्रबाट भारतले सिक्नु पर्ने बताउनुभएको छ ।

‘भारतले जुन ढंगले नेपालको २३ वटा जिम्मामा सिमा मिचेको छ र आज पनि हामी बाकेबासिहरु डुबानको मार खेपिरहनु परेको छ त्यसको कारण पनि भारत नै हो त्यसैले हामी हाम्रो सिमा बचाउनको निम्ति सिमानामा गएर डट्ने मात्रै होइन हाम्रो सिमा रक्षाको लागि मर्न पनि तयार छौं’ , अध्यक्ष किशोर थापाले बताए ।

साथै अध्यक्ष थापाले राष्ट्रियताको सवालमा एकजुट भएर बिरोध कार्यक्रममा उपस्थित जनाउने सबैलाई धन्यवाद दिनुभएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया