नेपालगन्जमा छठको रौंनक (फोटो फिचर)

तस्वीर : कबिर अन्सारी

नेपालगन्ज – छठ पर्वको तेस्रोअर्थात् मुख्य दिन आज शनिबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइएको छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठी तिथिका दिन बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गर्ने परम्परा रहेको छ । आज स्थानीय बागेश्वरी मन्दिरमा रहेको पार्कमा सुर्यको पुजाआजाका लागि व्रतालुहरु जम्मा भएका छन् ।


कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बिहीबारदेखि सुरु भएको हो ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो ।

उक्त समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

हेर्नुस् भिडियो :



प्रतिक्रिया

प्रतिक्रिया