नेपालगन्ज – यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो ।

नेपालगन्जमा तिहारको विशेष रौंनक हिजो अर्थात आइतबार देखि सुरु भएको छ । भैलो खेल्ने टोलिहरु घर आगनमा देखिएका छन् ।
नेपालगन्ज शहर उज्यालोले धिपिक्क बलेको छ । रङोली र दियोले घर , टोल संगै शहर उज्यालो बनेका छन् ।

