“खजुरा विकास र समृद्धिको मुख्य आधार, प्राविधिक शिक्षा एवं शैक्षिक गुणस्तरमा दिगो सुधार”

ऋषिराम सापकोटा

१) पृष्ठभूमि ः शिक्षा आज सर्वव्यापी, जीवनपर्यन्त र मानवीय अधिकारको रुपमा स्थापित भैसकेको छ । शिक्षाको विकास गुरुकूल प्रणालीबाट भएकोपाइन्छ । विभिन्न कालखण्डका विद्धानहरुको अथक प्रयासबाट ज्ञान र सीप आर्जन गर्ने र सम्पूर्ण क्षेत्रलाई विशिष्ट, बैज्ञानिक र अनुसन्धानमूलक गराउने आधुनिक नवीन शिक्षाको रुपमा स्थापित भैसकेको छ । सामाजिक र राष्ट्रिय आवश्यकताहरु पूरा गर्नेगराउने एक मात्र शक्तिशाली र प्रभावशाली माध्यम शिक्षा बनेको छ । शिक्षाले नै आवश्यक सन्तुलित जनशक्तिहरु उत्पादन गरि राष्ट्र विकास,समृद्ध नेपाल र सुखी नेपालीको सपनालाई पूरा गर्न सक्दछ । देश संघिय संरचनामा गइसकेको अवस्थामा राष्ट्रिय, प्रादेशिक र स्थानीय शिक्षा नीति कस्तो हुनु पर्दछ भन्ने सवालमा शिक्षा विद्, सरकार र सरोकारवालाहरु वीच व्यापक बहस चलिरहेको छ । अर्को तर्फ भइरहेका शैक्षिक नीतिहरुको प्रभावकारी कार्यान्वयन गर्दै नीतिगत सुधार सहित स्थानीय र राष्ट्रिय आवश्यकता पूरा गर्ने खालको गुणस्तरीय, व्यवसायिक र प्राविधिक शिक्षा कसरी प्रदान गर्न सकिन्छ ,भन्ने कुरामा मूख्य बहस केन्द्रित छ खजुरा गाँउपालिकाको शैक्षिक विकासमा विभिन्न प्रयत्न भइरहेको सन्दर्भमा स्थानीय सरकार खजुरा गाउँपालिकाले आफ्नो शिक्षा नीति बनाउने सन्दर्भमा विभिन्न सरोकारवालाहरु सँग बहस छलफल र अन्तरक्रिया मार्फत आफ्ना गतिविधि अगाडि बढाइरहेको छ ।


गुणस्तरीय , प्राविधिक एवं व्यवसायिक शिक्षा खजुरा विकास र समबृद्धिको मेरुदण्ड भएकोले यसमा स्थानीय सरकारले विशेष चासो देखाई शिक्षासम्बन्धी कार्यपत्रलाई स्थान दिएकोले “खजुरा विकास र समबृद्धिको मुख्य आधार , प्राविधिक शिक्षा एवं शैक्षिक गुणस्तरमा दिगो सुधार” लाई विषयवस्तु बनाएर यो कार्यपत्र तयार गरिएको छ ।


२) परिचय
२.१) खजुराको ऐतिहासिक अवस्था ः नेपालको इतिहासमा नयाँ मूलुकको रुपमा परिचित पश्चिम नेपालको तराईको प्रमुख जिल्ला बाँके हो । तत्कालिन मध्य पश्चिम र सुदुर पश्चिमको प्रमुख व्यापारिक केन्द्र नेपालगंज देखि पश्चिममा अवस्थित इजरायली मोडेलबाट वस्ती विकास कम्पनि , पुर्नवासद्धारा योजनाबद्ध रुपमा वि.सं.२०२३ साल देखि वस्ती बसाएको पाइन्छ । ऐतिहासिक रुपमा खजुराको मुख्य आकर्षण एयरपोर्ट रहेकोले यो गाउपालिका पुरानो एयरपोर्टले समेत परिचत छ । यो गाँउपालिकामा शैक्षिक क्षेत्रको विकासले समेत महत्वपूर्ण स्थान ओगटेको पाइन्छ । वि.स २०२३सालमा वस्ती विकास कम्पनिले समेत यहाको शिक्षा विकासको सम्भावना ख्यालमा राखि प्रा.वि र मा.वि हरुको लागि ५ विगाहा देखि १५ विगाहासम्म जग्गा छुट्याएको देखिन्छ । यस खजुरामा स्थापना भएको पहिलो विद्यालय सामुदायिक तर्फ २०१२ सालमा जनता मा.वि बठवा स्थापना भएको पाइन्छ र संस्थागत विद्यालयतर्फ पहिलो विद्यालयको रुपमा २०४५ सालमा दिपक इ. वोर्डिङ्ग स्कुल स्थापना भएको पाइन्छ । पहिलो उच्च मा.वि रुपमा सामुदायिक विद्यालय तर्फ ज्ञानोदय मा.वि वि.स २०५६ सालमा स्वीकृति प्राप्त गरेको र संस्थागत तर्फ जेनिथ मा.वि. वि.स २०६९ सालमा स्वीकृति पाएको पाइन्छ । उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले पहिलो कलेजको रुपमा ज्ञानोदय बहुमुखी पब्लीक क्याम्पस वि.स २०६५ सालमा स्थापना भएको थियो भने निजि क्षेत्र तर्फ खजुरा क्याम्पस वि.स २०७० मा स्थापना भएको थियो । उढरापुर, रनियापुर र सोनपुर जस्ता पुराना वस्तीहरु यहाँरहेका छन्। पुराना धरोहरमा एयरपोर्ट , कपासविकास कम्पनि लाई लिन सकिन्छ ।


२.२) भौगोलिक अवस्था ः यो गाउपालिका नयाँ मूलुक भनेर चिनिने बाँके जिल्लाको व्यापारिक र ऐतिहासिक नगरी नेपालगंज देखि करिब ८ किलोमिटर पश्चिममा अवस्थित छ । यस गाँउपालिकाको मध्य भागबाट बर्दियाको सदरमुकाम गुलरिया हुदै पश्चिम तर्फ जाने हुलाकी राजमार्गमा पर्दछ । भौगोलिक दृष्टिले कुनै पनि विकटता नरहेको यस भुभागमा नदि र जंगलको भने अभाव रहेको छ ।


नदिमा मान खोला र वनमा गिजरा सामुदायिक वन, र गुराँस सामुदायिक वन, गौघाटयस गाँउपालिकाका प्राकृतिक सम्पदाहरु हुन । यस गाउँपालिकाको भौतिक अवस्थालाई प्रस्तुत नक्साले यसका सिमान र क्षेत्रफल सहित अझधेरैपक्ष लाई स्पष्ट पार्दछ ,
२.३) जनसाङ्खिक अवस्था ः वि.स २०६८ सालको जनगणना अनुसार बाँके जिल्लाको कुल जनसंख्या ४,९१,३१३ मध्ये खजुराको जनसंख्या ५०,९६१ रहेको छ । जुन जिल्लाको जनसंख्याको आधारमा यो जनसंख्या १०.३७% हो। २७,४३१ महिला र २३,५३०पुरुष रहेकोले पुरुषको भन्दा महिलाको संख्या बढि देखिन्छ । यस गाँउपालिका भित्र वडागत रुपमा सबैभन्दा कम जनसंख्या भएको वडा,वडा नं. १ हो जहाँ गाउँपालिकाको जनसंख्याको ६.९७% मानिस बसोवास गर्दछन्। सबै भन्दा वढि जनसंख्या भएको वडा , वडा नं. २ हो जहाँ १६.९२% मानिस बसोबास गर्दछन् । खजुरा गाउँपालिकाद्धारा २०७५।०७६ मा गरिएको घरधुरी सर्वेक्षण अनुसार कुल जनसंख्या ५७,०३२ रहेको देखिन्छ जसमा महिला २९,०२८ र पुरुष २८,००५ रहेका छन्। १५ देखि ६० वर्ष उमेर समुहको जनसंख्या ३८९०१ रहेको छ ।


२.४) शैक्षिक अवस्था ः यस गाउँपालिकाको शैक्षिक अवस्थालाई विश्लेषण गर्दा २०१२ देखि विद्यालय औपचारिक शिक्षा प्रारम्भ भएको पाइन्छ । बस्तीविकास कम्पनिले वि.सं.२०२३ मा वस्ती बसाई शिक्षालाई प्राथमिकतामा राखि विद्यालयहरुको लागि आवश्यक जग्गा समेत उपलब्ध गराई विद्यालयहरु स्थापना भएको पाइन्छ । पूनर्वास क्षेत्रभित्र जनता मा.वि सन्तकुटि, आदर्श मा.वि डि गाऊ, ज्ञानोदय मा.वि खजुरा, मैटहवा मा.वि, शुक्र मा.वि, जनकल्याण मा.वि, मनकामना मा.वि, योगिनी मा.वि र पुराना वस्ती सोनपुर, रनियापुर र उढरापुर मा जनता मा.वि. बठवा, मा.वि. गोदहना, मा.वि.घिया, भानु मा.वि, जनसेवा मा.वि. ले मा.वि तथा उच्च मा.वि तहको शिक्षा प्रदान गर्दै आइरहेका छन् भने संस्थागत विद्यालयतर्फ दीपक, जेनिथ, अरुणोदय, धुर्वतारा, गुरास चाइल्ड, प्रिफर, भूपू सैनिक र इन्टिग्रेटेड आदिले उच्च मा.वि तथा मा.वि तहको शिक्षा प्रदान गर्दै आइरहेका छन् । हाल यस गाँउपालिका भित्र ६६ वालविकास, ३० सामुदायिक विद्यालय, २० संस्थागत विद्यालय १७ वटा मदरसा र २ वटा क्यम्पसहरुले यहाँका बालबालिकाहरुलाई उनिहरुको सुनौलो भविष्यको लागि शिक्षा प्रदान गर्दै आइरहेका छन्भने यसै वर्षदेखि द्यक्ऋ ब्न समेत अध्यापन हुने भयको छ ।


वि.स २०६८ सालको जनगणना अनुसार उमेरगत जनसंख्यालाई विश्लेषण गर्दा ० देखि ४ वर्षसम्मको जनसंख्या १०.४२% छ भने ५ देखि ९ वर्ष सम्मको जनसंख्या १२.६८% छ, जुन जनसंख्या कक्षा १ देखि ५ सम्म अध्ययनरत रहेका छन्। त्यसैगरि कक्षा ६ देखि १० सम्म पढ्ने उमेर समूह ९–१४ वर्षको जनसंख्या १३.८३% छ । २.५) सामाजिक अवस्था ः वस्ती विकास कम्पनिले वस्ती बसालेपछि साविक वागेश्वरी, राधापुर र सितापुरमा देशका अधिकांश जिल्लाहरुबाट बसाइसाराई गरेर आएका बहुभाषिक, बहुजातिक र बहुधार्मिक मानिस बसोबास गर्दछन् भने साविक रनियापुर, उढरापुर र सोनपुरमा मधेसी, मुस्लिम, थारु र आदिवासीहरु परापूर्वकाल देखि मिलेर बसोबास गरेको पाइन्छ । यहाँ हिन्दु, इस्लाम, बौद्ध तथा कृश्चियन धर्म मान्ने मानिसहरु रहेका छन् । जातिगत आधारमा बाहुन, क्षेत्री, मुस्लीम, यादव, दलित, जनजाति, थारु, ठकुरी, नेवार, बर्मा आदिको बहुजातिय बसोबास रहेको छ ।


यस गाँउपालिकाको कुल जनसंख्या मध्ये सबै भन्दा बढि जनसंख्या भएको जाति मुस्लिम हो जुन २६.७०% रहेको छ । त्यसपछि बढि जनसंख्या भएको जाति खस आर्य हो जुन कुल जनसंख्याको २२.६०% रहेको छ । तेस्रो बढि जनसंख्या दलित जातिको रहेको छ जुन १८.१४% रहेको छ । त्यसैगरि जनजाति १५.८८% , थारु ३.५४% र मधेसी ७.९३% जनसंख्या बसोबास गरेको पाइन्छ । यहाका मानिसहरुको मुख्य पेसा कृषि भएतापनि वाटो, वत्ती र संचारको समेत सुविधा भएकोले साना घरेलु उद्योग र व्यापार संचालनमा रहेकाछन भने यस गाँउपालिकाको ्र खजुरा, १ नं., उढरापुर चौरहा र रिमझीम बजार व्यापारिक केन्द्रको रुपमा विकास भएका छन । यहाँका मानिसहरुको मूख्य भाषा नेपाली,अवधी,थारु र उर्दु रहेको छ ।


२.६) आर्थिक अवस्था ः यस गाउँपालिकामा बसोबास गर्ने मानिसहरुको आम्दानिको मूख्य स्रोत कृषि रहेको छ । यहाँ सिचाइको भरपर्दो व्यवस्था नभएपनि ट्युववेल, डिपबोरिङ्ग र आकसेपानीको भरमा भएपनि खाद्यान्न बाली, नगदेबाली र तरकारी खेतीबाट आयआर्जन गरेको पाइन्छ । यहाँ विशेष गरि धान मिल , गल्ला व्यापार, इट्टा उद्योग, घरेलु तथा साना उद्योग र व्यापार व्यबसाय बाट समेत आयआर्जन गरेको पाइन्छ । पछिल्लो समयमा यहाँका युवा युवतीहरु रोजगारको लागि विदेशमा जाने भएकोले बैदेशिक विप्रेशण ( रेमिटान्स ) पनि आम्दानिको मूख्य स्रोत बनेकोछ । निजी तथा सरकारी विद्यालय, सरकारी कार्यालय,उद्योग र व्यापारिक कार्य गरि स्वरोजगार र रोजगारबाट पनि आयआर्जन गरेको पाइन्छ । क्यान्सर अस्पताल , जनक शिक्षा सामाग्री केन्द्र, कपास विकास समिति,इट्टा उद्योग र विद्यालयहरु रोजगारका केन्द्रको रुपमा विकास भइरहेका छन ।


२.७ ) विकासात्मक अवस्था ः बाँकेजिल्लाका तीनओटा नगरीहरु नेपालगन्ज, कोहलपुर र खजुरालाई मानिन्छ । यस गाँउपालिकाको मुख्य मार्गको रुपमा नेपालगन्ज गुलरिया हुलाकी मार्ग, च्यामा– सैनिक पक्की कृषि मार्ग, नेपालगन्ज – गौघाट पक्की कृषि मार्ग र सम्झना–सिमलघारी पक्की मार्ग रहेका छन् भने खजुरागाउँपालिको विशेष पहलमा गतबर्ष वडा नं. १,२,३ र ४मा कालोपत्रे सडकहरु निर्माण गरिएका थिएभने यसबर्ष वडा नं. ५,६,७ र ८ मा कालोपत्रे सडक निर्माण गर्ने योजना रहेको छ । एक नम्बर – खजुरा – धनौली सम्म चार लेनको बाटो विस्तारको क्रममा रहेकोछ । अन्य धेरै फराकिला ग्राभेल र कच्ची सडकहरु समेत रहेका छन् । स्वास्थ्य क्षेत्रमा अधिकांस वडाहरुमा स्वस्थ्य चौकी स्थापना हुनुको साथै पिएचसी खजुराको स्तर उन्नति गरिएको छ । खजुरा कै पहिचानको रुपमा सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल, मध्य र सुदुर पश्चिमको स्वास्थ्य केन्द्रको रुपमा विकास भइरहेको छ । जनक शिक्षा सामाग्री केन्द्रलाई प्रदेश नं. ५ को छापाखानाको रुपमा विकास गरिदै छ । एउटै गाँउपालिका भित्र ज्ञानोदय मा.वि र जनता मा.वि नमूना विद्यालय र प्राविधिक धारका विद्यालयमा छनौट भई कार्यक्रम संचालन हुनु शैक्षिक क्षेत्रका लागि सुखद पक्ष हो । उच्च शिक्षाको लागि वि.एस.सी ए.जी अध्यापनको लागि सन्तकुटिमा कृषि विश्वविद्यालय रामपुर चितवन बाट आंगिक क्याम्पसको रुपमा अनुमति प्राप्त हुनु अर्को सुखद पक्ष हो । ज्ञानोदय पब्लिक क्याम्पस र खजुरा क्याम्पस उच्च शिक्षा अध्ययन गर्नेविद्यार्थीहरुको लागि शैक्षिक गन्तब्य बन्दै गइरहेका छन् । यस गाँउपालिकामा रहेका सामुदायिक तथा निजि विद्यालयहरु प्रतिस्पर्धात्मक रुपमा स्तर उन्नति गर्दै गुणस्तरीय शिक्षाको लागि अगाडि बढि रहेकाछन्भने प्राविधिक धारका विद्यालय संचालन गर्न धेरै जसो सामुदायिक र
निजि मा.विहरुले चासो देखाउनुका साथै खजुरा गाँउपालिकाले समेत भानु मा.वि उढरापूर मा प्राविधिक धार को विद्यालय संचालन को लागि भवन निर्माण गर्ने काम प्रारम्भ गरेको छ ।
३. उद्देश्यहरु यसकार्यपत्रका निम्न उद्देश्यहरु रहेकाछन्ः खजुरा गाउँपालिकाको शैक्षिक अवस्थाको विश्लेषण गर्ने । शिक्षा क्षेत्रका सवलपक्ष, दुर्वलपक्ष, अवसर र चुनौतिहरुको उजागर गर्ने । विज्ञ तथा सरोकारवाला हरुसंग शैक्षिक गणस्तर र प्राविधिक शिक्षा विकासको लागि सुझावहरु प्राप्त गर्ने शैक्षिकसुधार । योजनामा सरोकारवालाहरुको अपनत्व बोध गराउने । खजुरा गाउँशिक्षा योजना निर्माणको लागि आधारसिला तयार गर्ने । खजुराको विकास र समबृद्धिकोलागि प्राविधिक शिक्षा एवं शैक्षिक गुणस्तर विकासका आधारहरु तयारगर्ने
४. गुणस्तरीय र प्राविधिक शिक्षा के हो ?
४.१. गुणस्तरीय शिक्षा ः

Teaching to head (Knowledge),touching to heart(feelings) and reflecting to hands(behaviour) is known as quality education.
विद्यार्थीहरुले आफ्नो दैनिक जीवन वा व्यवसायिक जीवनलाई सफल बनाउनको लागि आवश्यक पर्ने ज्ञान र सीप आर्जन गरि व्यवहारिक जीवनमा प्रयोग गर्न सक्नु गुणस्तरीय शिक्षा हो । अर्थात शिक्षा क्षेत्रबाट उत्पादित जनशक्ति राष्ट्रिय वा अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धामा अगाडि आई खपत हुनु गुणस्तरीय शिक्षा हो । जसरी गुणस्तरीय वस्तुको बजारमा बढि माग हुन्छ र खपत हुन्छ त्यसरी नै कारखाना रुपि हाम्रा शिक्षण संस्थाबाट उत्पादित जनसंख्याको माग राष्ट्रिय वा अन्तराष्ट्रिय क्षेत्रमा बढि र सहजै खपत भयो भने त्यो शिक्षालाई गुणस्तरीय शिक्षा भनिन्छ । हामीले सामान्य अर्थमा परीक्षाफलमा बढि अंक प्राप्त गर्नुलाई गुणस्तरीय शिक्षा सम्झने गर्दछौ तर प्राप्तांक गुणस्तीरय शिक्षाको एउटा मात्र सूचक मान्न सकिन्छ ।


४.२. प्राविधिक शिक्षा ः सामान्य अर्थमा प्राविधिक शिक्षा गरि खाने शिक्षा हो । जीवनउपयोगी ज्ञान र सीपलाई, विज्ञान र प्रविधिको प्रयोग गरि व्यवहारिक जीवनमा प्रयोग गर्नु प्राविधिक तथा व्यवसायिक शिक्षा हो । यसमा ज्ञानको साथसाथै सीपलाई व्यवसायिक तथा दैनिक जीवनका समस्या समाधान गर्न प्रयोगमा ल्याउन सिकाइन्छ । प्राविधिक शिक्षामा ज्ञान सिप वा प्रयोगको तादाम्यता रहेको हुन्छ । जस्तै खाना खानु भन्दा अगाडि साबुन पानीले हात धुनु पर्छ भन्ने थाहा पाउनु ज्ञान हो । साबुन पानीले मिचि मिचि हात धोएर सफा गर्न सक्नु सीप हो । प्रत्येक दिन खाना खानु भन्दा अगाडिसाबुन पानीले हात धुनु प्रयोग हो । यहाँ ज्ञान र सीपलाई प्रयोगमा ल्याइयो, यसरि प्रयोगमा ल्याउन सिकाउनु प्राविधिक र व्यवसायिक शिक्षा हो । ५. गुणस्तरीय र प्राविधिक शिक्षा किन ?


५.१. गुणस्तरीय शिक्षा किन ? ः दैनिक जीवनमा आईपर्ने समस्या समाधान गर्न । प्रतिस्पर्धामा सफल हुन । सक्षम नागरिक उत्पादन गर्न । सभ्य ,सु–संस्कृत र विकसित समाज निर्माण गर्न । समृद्ध नेपाल र सुखी नेपालीको सपना पूरा गर्न । खजुरा गाँउपालिकालाई शैक्षिक हवको रुपमा विकास गर्न । आवश्यकता अनुसारको नैतिकवाल, चरित्रवान, र देशभक्त नागरिक उत्पादा गर्न ।
५.२. प्राविधिक र व्यवसायिक शिक्षा किन ? प्राप्त ज्ञान र सीपलाई व्यवहारमा प्रयोग गर्न । सीपयुक्त जनशक्ति उत्पादन गर्न । दक्ष प्राविधिज्ञ उत्पादन गर्न । स्वरोजगार सिर्जना गरि आत्म निर्भर हुन । गरि खाने शिक्षा आर्जन गर्न ।
६. कार्यपत्र निर्माण प्रक्रिया ः यस खजुरा गाँउपालिकाको दीर्घकालिन शैक्षिक योजना निर्माण गर्नको लागि एक आधार शीला बनोस भन्ने उद्देश्यका साथ यो कार्यपत्र तयार गरि प्रस्तुत गरिएको हो । कार्यपत्र निर्माण पूर्व सारोकारवालाहरु संग सोधपुछ गर्नुको साथैशिक्षा ऐन नियमावली, पत्र पत्रिका, बुलेटिन, सोध पुस्तकहरुको अध्ययनको सथै सम्बन्धित निकायहरुबाट तथ्यांक संकलनगर्ने जस्ता कार्यहरु अवलम्बन गरिएको थियो ।
६.१. तथ्यांकको संकलन कार्यपत्रलाई तथ्यपरक बनाउन खजुरा गाँउपालिका ,खजुरा गाँउपालिका शिक्षा शाखा, शिक्षा तथा संमन्वय इकाई बाँके , प्याव्सन खजुरा,इसाका, राष्ट्रिय जनगणना २०६८ , सामुदायिक अध्ययन केन्द्रको घर धुरी सर्वेक्षण २०७५ दैनिक नेपालगन्ज मा २०७६ असोज १० गते प्रकाशितनिजि बिद्यालय सम्बन्धि लेख बाट प्राप्त तथ्यांकको संकलन लाई आधार मानिएको छ । ६.२. तथ्यांकको विश्लेषण ः प्राप्त तथ्यांकको आधारमा खजुराको ऐतिहासिक तथा वर्तमान शैक्षिक स्तर र प्राविधिक शिक्षाको विश्लेषण गरिएको छ । ६.३. कार्यपत्रको सिमा ः यस कार्यपत्र शैक्षिक गुणस्तर सुधार र प्राविधिक शिक्षा विकासमा अन्तरनिहित हुने छ ।
७. वर्तमान शैक्षिक अवस्थाको विश्लेषण ः
७.१ . शैक्षिक संस्थाको अवस्था ः यस गाँउपालिका भित्र शैक्षिक सत्र २०७५ र २०७६ को तथ्यांक अनुसार तपसिलका शिक्षण संस्थाहरुले शैक्षिक क्रियाकलाप संचालन गरेका छन् ।

विश्लेषण ः माथिको लथ्याङ्कलाई विश्लेशण गर्दा यहाँको जनघनत्व अनुसार सामुदायिक र सस्थागत विद्यालय हरु वडा नं. १,२,३ र ४ मा प्रयाप्त रहेकोछभने वडा नं. ५,६,७ र ८ मा न्यून रहेको देखिन्छ । सिटिइभिटीबाट मान्यता प्राप्त विद्यालयहरु नभएको र प्राविधिकधार तर्फउच्च शिक्षाका लागि कृषि बाहेक अन्य नभएकोले त्यस तर्फसरोकरवालाले समयमै ध्यन पु¥याउनुपर्ने देखिन्छ ।

७.२ . छात्र छात्रा शिक्षक विवरण ः

माथिको लथ्याङ्क लाई विश्लेष गर्दा सामुदायिक तर्फ बालविकास मा शिक्षक विद्यार्थी अनुपात १ः२० आधारभूत तह (१–५) मा शिक्षक विद्यार्थी अनुपात १ः३७ , आधारभुत तह (६–८) मा शिक्षक विद्यार्थी अनुपात १ः६४,मा.वि. तह (९–१०) मा शिक्षक विद्यार्थी अनुपात १ः४४ र , मा.वि. तह (११–१२) मा शिक्षक विद्यार्थी अनुपात १ः६० रहेको देखिन्छ । गुणस्तरीय शिक्षा को लागि शिक्षक विद्यार्थी अनुपात १ः२५ देखि १ः४० हुनुपर्नेमा हालको अनुपात बालविकास बाहेक सबैतहमा धेरैदेखिन्छ । सामुदायीक विद्यालयहरुमा कर्मचारीहरुको दरबन्दि नहुदा लेखा तथा प्रशासनिक कार्यमा कठिनाइ रहेको छ । शिक्षक विद्यार्थी अनुपात अनुसार शिक्षक व्यबस्थापन गर्नेहो भने १–५ कोलागि७७ जना, ६–८ कोलागि ४५ जना, ९–१० को लागि १९ जना र ११–१२ को लागि १० जना शिक्षक दरवन्दि थपगर्नू पर्नेदेखिन्छ । सस्थागत तर्फको शिक्षक विद्यार्थी अनुपात औसत कक्षा १ देखि १० सम्म १ः२० हुनु सकारात्मक पक्ष हो । सामुदायिक तथा निजि विद्यालयमा विद्यार्थीहरुको काक्षा छोडने दर अत्याधिक देखिएकोले यसको न्यूनिकरणको लागि सरोकारवालाहरुले विशेष पहल गर्नुपर्ने देखिन्छ ।

७.३. सिकाई उपलब्धि ः

यस गाँउपालिकाको सिकाइ उपलब्धि जिल्लाको तुलनामा आधारभुत तह (१–५) मा १५% , आधारभुत तह (६–८) मा ८%, मा.वि. तह (९–१०) मा ३०% ले बढिहुनुसकारात्मक पक्ष हो ।

७.४. खजुराको साक्षरताकोअवस्था गाउँपालिकाले आ व २०७५ ०७६ मा साक्षरगाउपालिका घोषणा गर्ने कार्यक्रम अनुसार गरियको घरधुरि सर्वेक्षण को प्राप्त तथ्याङ्कको आधारमा कुलजनसंख्या ५७०३२ मध्य १५ देखि ६० बर्ष उमेर समुहको जनसंख्या ३८९०१ थियो । उक्त तथ्याङ्कअनुसार गाउँपलिअन्तरगत वडा नं. १ मा ९७.५७%, वडा नं. २ मा ९७.४३%, वडा नं. ३ मा ९८.६७%, वडा नं. ४ मा ९८.४३%, वडा नं. ५ मा ९५.९८%, वडा नं. ६ मा ९६.७८%, वडा नं. ७ मा ९५.५५%, वडा नं. ८ मा ९५.५९% गरि कुलसाक्षर जनसंख्या ९६.९९ प्रतिशत रहेको छ ।
७.५ शौक्षिक क्षेत्रमा लगानी २०७५।०७६ को चालुवर्षमा सामुदायिक विद्यालयको पठनपाठन संचालन र व्यवस्थापन र पूँजिगत समेत गरी खजुरा गाउँपालिकाबाट भएको खर्च १ करोड ५० लाख आन्तरिक र सर्शततर्फ १९ करोड थियो भने यस आर्थिक वर्ष २०७६।०७७ मा गाउँपालिकाको कुल बजेट सर्शत, समानिकरण, राजश्व बाँडफाँड र विषेश अनुदान गरि रु ६६ करोड २६ लाख ६५ हजार रहेको मा शिक्षा तर्फ आन्तरिक रु २ करोड ५२ लाख ६५ हजार र सर्शततर्फ २० करोड १५ लाख ७७ हजार गरि जम्मा रु २२ करोड ६८ लाख ४२हजार विनियोजित गरिएको छ । यस गाउँपालिका भित्र निजि क्षेत्रका २० वटा विद्यालयहरुले चालु खर्चतर्फ वार्षिक रु १२,८७,०००.००बजेट खर्चहुने देखिन्छ भने पुजिँगत तर्फ गरिब ३०करोडको लगानि भएको पाइन्छ ।
८. नेपाल सरकारको संवैधानिक र कानुनी व्यवस्था ः नेपालमा योजनाबद्ध शिक्षाको विकास गर्न, राष्ट्र विकासको लागि आवश्यक जनशक्ति तयार गर्न, सर्वसाधारण जनताको सदाचार सिष्टाचार र नैतिकता कायम राख्न मुलुक भित्र स्थापना भएका र स्थापना हुने विद्यालयको संचालन र व्यवस्थापनमा सुधार गर्दै गुणस्तरयुक्त शिक्षाको विकास गर्न सर्बप्रथम “ शिक्षा ऐन, २०२८ तयार गरि २०२८ देखि २०३२ साल सम्म चरणबद्ध रुपमा देशका ७५ वटैजिल्लामा लागूगरिएको थियो । यो ऐन विभिन्न कालखण्डमा आठौ⁄नवौँ पटक सम्म संशोधन भई समय अनुकुल बनाउदै अगाडि बढेको पाइन्छ ।
बर्तमान संविधानको भाग ५ धारा ५७(४) राज्यशक्तिको बाँडफाँडमा व्यवस्था भयअनुसार अनुसुचि ८ र स्थानीय तहको २२ वटा अधिकार मध्य ८ औ बुदामा आधारभुत र माध्यामिक शिक्षालाइ स्थानीय तहको अधिकार सुचिभित्र राखियको छ । २०६२।०६३ सालको जनआन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको मर्म अनुसारको शिक्षा प्रणाली विकास गर्न विभिन्न प्रयास भएता पनि २०७५ सालमा गठित उच्च स्तरीय शिक्षा आयोगको सुझाव अनुसार शिक्षा नीतिमा व्यापक परिवर्तन सहितको शिक्षा ऐन पारित गर्ने अनुमान गरिएको छ । संविधानको मर्म र स्थानीय सरकार संचालन ऐन अनुसार माध्यमिक तह सम्मको शिक्षालाई अनुमति दिने, संचालन गर्ने, व्यवस्थापन गर्ने र नियमन गर्ने अधिकार स्थानीय सरकारलाई दिईएको छ भनेउच्च शिक्षाको अधिकार प्रदेश र संघमा राखिएको छ ।


९.१) क) सवल पक्ष ः यस खजुरा गा.पा का.को शैक्षिक विकासका सवल पक्षहरु तपसिल अनुसार रहेका छन् । खजुरा गाउँपालिकाको जनसंख्या र भूगोल अनुसार आवश्यक सामुदायिक तथा निजी शिक्षण संस्थाहरु रहेको । बाँके जिल्लाको तुलनामा यस गाउँपलिकाको शैक्षिक जनचेतना उच्च रहेको । गा.पा प्रमुख , उप प्रमुख र जनप्रतिनिधिहरुले शिक्षाको विकासमा विशेष चासो दिनु । गा.पा भित्र २ वटा नमूना मा.वि तथा २ वटा प्राविधिक धारका विद्यालय सञ्चालन हुनु । शिक्षा समितिद्वारा शैक्षिक गुणस्तर सुधारका लागि निरन्तर प्रयास भैरहनु । शिक्षा तर्फको आन्तरिक बजेट गा.पा ले प्रतेकवर्ष बृद्धि गर्दै लैजानु । वि.एस.सि एग्रीकल्चरल आंगिक क्याम्पस स्वीकृत पाउनु । उच्च शिक्षाका लागि सामुदायिक र निजि रुपमा कलेजहरु संचालन हुनु । अधिकांश विद्यालयहरुमा कुशल व्यवस्थापन समिति, पि.टि.ए , दक्ष प्रशासन र मेहनती शिक्षक कर्मचारी हुनु । सामुदायिक तथा निजि विद्यालयहरु सहकार्यगरि गुणस्तर सुधारको लागि प्रतिस्पर्धा गर्नु । सरोबारवालाहरुबाट ३२ बुदे शिक्षण सुधार प्रतिबद्धता हुनु । शैक्षिक क्यालेन्डर र शिक्षणको लागि शिक्षण डायरीको प्रयोग हुनु । विद्यालयलाई आई.सि.टि युक्त बनाउन गा.पा र स्वयम्विद्यालयहरुले प्रयास गर्नु ।


कृषिमा दिगो विकास र हरित खजुराको लागि यूनेस्को र खजुरा गा.पा वीचमा सहमति हुनु । साक्षर गाउपालिका ( ९६.९९) घोषणा हुनु र पूर्ण साक्षरताको लागि प्रयास गर्नु । खजुरा गाउँपलिकाले ३२ बुदे शिक्षा निति २०७६ बनाई अगाडि बढनु । आधारभूत तह अनिवार्य र निशुल्कलाई कार्यान्वयनमा ल्याउनु । मेयर कप प्रतियोगिता र शैक्षिक महोत्सव संचालन हुनु । गैर सरकारी संस्थाहरु प्लान नेपाल , स्याक ,रुम टु रिड , रेष्ट, गेरुवा , युनेस्को क्लब जनजागरण समाज आदि गैर सरकारी संस्थाले शिक्षा क्षेत्रको विकासमा सहकार्य गर्नु । निजि क्षेत्रको लगानि शिक्षा क्षेत्रमा सनतोषजनक रहनु । मधेशी बहुलता भएको वडा ५,६,७ र ८ लाई लक्षित गरि गा.पा को पहलमा भानु मा.वि मा प्राविधिक धारको विद्यालय संचलन गर्न पहल गर्नु। ख) दुर्वल पक्षहरु शिक्षाकोलागि प्रयाप्त बजेट केन्द्र (संघ) , प्रदेश र स्थानीय तहबाट विनियोजन हुन नसक्नु ।


प्राविधिक धार संचालनकोलागि प्रयाप्त बजेट अभाव, पाठ्यक्रममा अस्पष्टता, जनशक्तिको अभाव तथा स्थायित्व नहुनु । सामुदायिक विद्यालयलहरुमा विषय अनुसारको दरबन्दी नहुनु । पर्याप्त मात्रामा भुकम्पप्रतिरोधि भवन, बालमैत्री कक्षाकोठा, बालमैत्री शौचालय र फर्निचरको व्यबस्था नहुनु । सामुदायिक तर्फ ६–१२ मा शिक्षक विद्यार्थी अनुपात उच्च हुनु । १–५ मा अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्नु । शैक्षिक तथा कर्मचारीको उच्च मनोबल बृद्धि गर्न नसक्नु । अब्बल जनशक्तिको लागि शिक्षण पेसामा आकर्षण बढाउन नसक्नु । वडा ५ ,६ , ७ ,८ का जनतामा शैक्षिक चेतनाको कमीहुनु । वडा न ५,६,७ ,८ मा विद्यालय संख्या कम हुनु, भएका विद्यालयहरुको पनि क्षमता विकास गर्न नसक्नु ।

सिटिइभिटीद्वारा सञ्चालित प्रविधिक धारका विद्यालय नहुनु । मदरसाहरुलाई व्यवस्थित गर्न नसक्नु । शिक्षा क्षेत्रमा पुरस्कार र दण्डको व्यवस्थालाई कार्यान्वयन गर्न नसक्नु । सामुदायिक र निजि विद्यालयहरुमा स्वस्थ प्रतिस्पर्धा कम हुनु । थरि थरिका शिक्षक हुनु । विद्यालय कर्मचारिको दरबन्दि नहुनु । आधुनिक विधि र प्रविधिको प्रयोग गरि विद्यार्थीकेन्द्रीत पठनपठन प्रभावकारी हुन नसक्नु । संस्थागत विद्यालयका शिक्षकहरुलाइ शिक्षण तालिमको व्यवस्थानहुनु । सामुदायिक विद्यालयमा नियमित पुर्नताजकि तलिमको प्रयाप्त व्यवस्था नहुनु । नीजि विद्यालयको सम्बन्धित निकायमा अभिलेखिकरणको अभाव । ग) अवसरहरु खजुरालाई शैक्षिक हवको रुपमा विकास गर्न सकिने । कृषिमा दिगो विकास र हरितखजुरा कार्यक्रमबाट अभिभावकको जीवनस्तरमा बृद्धि भई शैक्षिक चेतनामा समेत बृद्धि गर्न सकिने । प्राविधिक धारको शिक्षामा जोड दिई सीप मुलक शिक्षाबाट प्राविधिक जनशक्ति उत्पादन गर्न सकिने । कृषि क्याम्पस सन्तकुटिबाट कृषिमा उच्च स्तरको दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्न सकिने । सामुदायिक र निजि विद्यालयको स्वस्थ प्रतिस्पर्धाबाट शैक्षिक गुणस्तरमा सुधार ल्याउन सकिने । स्नातकोत्तर तहको क्याम्पस स्थापना गर्न सकिने । शुसील कोइराला क्यान्सर अस्पताललाई आधारबनाएर मेडिकल कलेज संचालन गर्न सकिने । संघिय सरकार द्धारा २ वटा नमुना मा.वि र २ प्राविधिक धारका विद्यालय स्वीकृति पाई संचालन रहेकोमा थप स्नातक तह सम्मका कक्षाहरु संचालन गर्न सकिने । अन्य विद्यालयमा विभिन्न थप विधाका प्रविधिक विद्यालयहरु सिटिइभिटी द्वारा संचालन गर्न सकिने ।
मधेसी समुदायलाई लक्षित गरि वडा ७ बठवामा छात्रा विद्यालयसंचालन गर्न सकिने । पूर्ण साक्षर गा.पा बनाउन सकिने । कक्षा ११—१२ मा विज्ञान विषय संकाय संचालन गर्न सकिने घ) चुनौतिहरु ः संघ , प्रदेश र स्थानीय तहले शिक्षाको लागि २०% भन्दा माथिको बजेट विनियोजन गर्न नसक्नु । विषयगत शिक्षक दरबन्दी सिर्जना गर्न नसक्नु । प्राविधिक धारको लागि दक्ष जनशक्तिको अभाव हुनु र नटिक्नु । प्राविधिक धार ९–१० , ११–१२ को विज्ञान विषयको पाठ्यक्रमको क्रमबद्धता र जटिलताको स्तर नमिल्दा अधिकांश विद्यार्थी ११–१२ मा फेल हुने भएकोले प्राविधिक धारको आकर्षण घट्न सक्ने सम्भावना शिक्षा ऐन र नियमको निर्माण संघ , प्रदेश र स्थानीय तहले समयमा गर्न नसक्नु । कम आय आर्जन भएका अभिभावकहरुको आयस्तर बृद्धि गर्न नसक्नु । शिक्षण पेशालाई मर्यादित पेशाको रुपमा स्थापित गर्न नसक्नु । आधारभूत तह ०–५ देखि माध्यामिक तह ९–१२ सम्म पुग्ने विद्यार्थी अत्याधिक मात्राको ड्रप आउटलाई रोक्न नसक्नु । सामाजिक विसंगति,विकृति मौलाउँदै जानु र बालबालिकाहरुमा त्यसको नकारात्मक असर पर्दैजानु ।


९.२ सुझावहरु यस गाउँपालिका अन्तरगत गाउँशिक्षा समित र शिक्षा शाखाले शैक्षिक स्तर सुधार मा विशेष चासोदेखाई विविध कार्यहरु गरिरहेको अवस्थामा अल्पकालिन र दिर्घकालिन योजना निर्माणगर्दा यस कार्यपत्रले औल्याएका सबलपक्ष दुर्बलपक्ष, अवसर, चुनौति र सुझावहरुलाई समाबेस गर्नुपर्ने । संघ प्रदेश र स्थानिय तहको एन कानुन नबन्दा शिक्षा क्षेत्रमा अन्योलता छायको र कामगर्न बाधा अवरोध देखियकोले सम्बन्धित निकायले शिक्षा सम्बन्धी ऐनकानुन अबिलम्ब निर्माण गरि लागु गर्नुपर्ने । शिक्षा क्षेत्रको वजेट वृद्धगरि २०% भन्दा माथि पु¥याउनु पर्ने । विद्यालयलाई शान्ति क्षेत्र घोषण गरि कुनै पनि बन्दहडताल र रजनैतिक हस्तक्षप बाट मुक्त राख्नुपर्ने । शिक्षाण पेशालाई मर्यादित सम्मानित गराउनको लागि सरकार र स्वयम्शिक्षकले आ —आफ्रनो भुमिका निर्बाहा गर्नुपर्ने । शिक्षा क्षेत्रमा मेधावि, योग्य र दक्ष जनसक्ति लाइ आकर्र्षीत गर्न शिक्षासेवा आयोग लाइ लोकसेवा आयोग सरह गराउनुपर्ने र शिक्षको लागि सेवा सुविधा तालिम अुनगमन र नियमगमन लाइ प्रभावकारि गराउनु पर्ने । सामुदायिक र निजि क्षेत्रकाविद्यालय हरुलाई स्वस्थरुपमा प्रतिस्प्रधि बनाउनुपर्ने । विद्यालय कार्मचारिको दरबन्दि र्सिजना गर्ने ।

शिक्षकहरुमा एकरुपता ल्याउनुपर्ने । उपयुक्त शिक्षक विद्यार्थी अनुपातमा र विषयगत शिक्षक हरुके दरवन्दी व्यवस्थापन गर्नुपर्ने । प्रविधिक तथा व्यवसायिक शिक्षालाई विशेष जोड दिनुपर्ने । पठ्यक्रम लाई आवश्यकता अनुरुप समयअनुकुल परिमार्जन गर्नु पर्ने । निजि तथा सामुदायिक विद्यालयहरुमा आधुनिक सिकाइ मैत्री काक्षाकोठा , विद्यार्थीकेन्द्रित शिक्षाण विधि हुनुपर्ने । उत्पादित जनसक्तिको व्यबस्थापन को लागि आवस्यक रणनिति बनाउनुपर्ने । पिछडियका, अनाथ र फरकक्षमता भयका बालबालिका हरुको शिक्षा दिक्षाको लागि उचित प्रबन्ध गर्नुपर्ने ।


१०.) कार्यपत्रको निष्कर्ष ः खजुरा गाँउपालिकाको विकास र सम्बद्धिको लागि गरिएको विभिन्न प्रयासहरु मध्ये खजुरा विकास सम्मेलन २०७६ एक हो । यो सम्मेलनमा प्रस्तुत हुने विषयसंग सम्बन्धित कार्यपत्रहरु मध्ये शैक्षिक कार्यपत्र तयार गरि प्रस्तुत गर्नुपर्ने जिम्मेवारी मलाई दिइएकोमा खजुरा सम्मेलन तयारी समिीत, खजुरा गा.पा प्रमुख, उप प्रमुख, कार्यकारि अधिकृत एवं सिंगो गाउँपालिका प्रति आभार व्यक्त गर्दछु । यो कार्यपत्र तयार गर्दा मलाई सहयोग गर्नुहुने र आवश्यक तथ्यांक उपलब्ध गराउनु हुने खजुरा गाउँपालिका शिक्षा शाखा, जिल्ला समन्वय इकाई बाँके, वडा कार्यालयहरु, सामुदायिक तथा संस्थागत विद्यालयहरु, खजुरा प्यप्सन, इसाका, पेशागत शिक्षक र कर्मचारीका संघसंगठनहरु, तथ्यांक विभाग र खजुरा गा.पा प्रति आभार व्यक्त गर्दै प्राविधिक सहयोगमा साथ दिने खिमलाल बराल र निलम कुवर प्रति पनि धन्यबाद व्यक्त गर्दछु ।


वृहत खजुरा सम्मेलनको मूल मर्म र भावना अनुरुप खजुराको विकास र समबृद्धिको मूख्य आधारकोरुपमा पूर्वाधारको पनि पूर्वाधार शिक्षा क्षेत्रलाई महत्व दिनुपर्ने कुरामा दुईमत छैन । यसैलाई ध्यानमा राखेर “ खजुरा विकास र समबृद्धिको मूख्य आधार , प्राविधिक शिक्षा एवं शैक्षिक गुणस्तरमा सुधार” भन्ने नारा तय गरि प्रस्तुत गरिएको छ । यो नारालाई यो सम्मेलनले अनुमोदन गर्ने कुरामा म विश्वस्त छु । यो कार्यपत्र भित्र पृष्ठभूमि , खजुराको परिचय (ऐतिहासिक , भौगोलिक , आर्थिक , विकासात्मक, जनसाख्यिक) राखिएको छ । प्राविधिक शिक्षा र गुणस्तरीय शिक्षा के र किन भन्ने कुराको व्याख्या विश्लेषण गरिएको छ । विभिन्न श्रोतहरुबाट प्राप्त तंथ्यांक संकलन गरि त्यसको व्याख्या विश्लेषण गर्नुको साथै शिक्षा सम्बन्धमा नेपालको संबैधानिक र कानुनीव्यवस्थाको विश्लेसण गरि खजुरा शिक्षा विकासका सबल पक्ष, दुर्वल पक्ष, अवसर, चुनौति र सुझावहरुलाई समावेश गरिएको छ । आज राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा शिक्षामा गुणस्तर ल्याउनको लागि सीप सहितको ज्ञान र त्यसको व्यवहारिक प्रयोगलाई जोड दिइएको छ । हाम्रो जस्तो देशमा ज्ञानको आधारमा सीप हासिल गर्ने र त्यसलाई व्यवहारमा प्रयोग गर्ने कुरा ओझेलमा परेको पाइन्छ । सिकाइ भनेको मानिसको व्यवहारमा परिवर्तन ल्याउनु हो । प्राप्त ज्ञानलाई सीप र व्यवहारमा प्रयोग गरि दैनिक जीवनमा आईपर्ने समस्या समाधान गर्न सक्ने क्षताको विकास गर्ने मुख्य साध्य गुणस्तरीय शिक्षा र प्राविधिक शिक्षा नै हो । यसै कुरालाई आत्मासाथ गर्दै खजुरा गाँउपालिकाले गुणस्तरीय शिक्षा र प्राविधिक शिक्षा विकासमा विभिन्न पहलकदमी गर्दै आइरहेको छ ।


खजुरालाई शैक्षिक हबको रुपमा विकास गर्न पनि गुणस्तरीय शिक्षा र प्राविधिक शिक्षालाई विशेष जोड दिनु आजको आवश्यकता हो । यसको लागि यहाँका सामुदायिक र सस्ंथागत विद्यालयहरुले प्रतिस्पर्धात्मक रुपमा गुणस्तरीय प्रविधिक शिक्षामा जोड दिन आवश्यक छ । खजुरा गाउँपालिकाले त्यसको लागि नीति निर्माण गर्ने आवश्यक बजेट विनियोजन गर्ने अनुगमन र नियमन गर्ने कार्यलाई प्रमुख प्राथमिकतामा राख्नुपर्ने देखिन्छ । यस कार्यपत्रले प्रस्तुत गरेका सबल पक्षको निरन्तरता, कमजोरीहरुको सुधार, अवसरहरुको खोजी र प्राप्तीको लागि प्रयास गर्दै चुनौतिहरुको सामना गर्दै सुझावहरुको ग्रहण गरि योजनाबद्वरुपमा अगाडि बढन सकेको खण्डमा “खजुरा विकास र समबृद्धिकोमुख्य आधार, प्राविधिक शिक्षा एवं शैक्षिक गुणस्तरमा दिगो सुधार” भने यस कार्यपत्रको नाराले सार्थकता पाउने छ । विद्यार्थीलाई स्कुले शिक्षासँगै व्यावसायिक र जीवनोपयोगी सीप सिकाउन जरुरी छ । किनभने स्कुले जीवनमा व्यावसायिक सीप सिकेका विद्यार्थीहरू जागिरे होइन, स्वरोजगार बन्न चाहन्छन् । स्वरोजगार बनेका विद्यार्थीले आफूसँगै अरुलाई पनि स्वरोजगार बन्न प्रेरित गर्छन् । देश र समाजलाई जागिरे मात्र होइन, सफल उद्यमीहरू चाहिन्छ भन्ने सरोकारवालाहरूले बुझ्न जरुरी छ । विद्यालयहरूले यस्ता कुरालाई आत्मसात गरी सोही अनुरुप रणनीतिक योजना बनाई देशलाई आवश्यक जनशक्ति उत्पादन गर्नसके ढिलो चाँडा । गुणस्तरीय शिक्षाका लागि तयार गरिने यस्ता पूर्वाधार र सोचले समाज र देशलाईनैविकास र समृद्धिमा पु¥याउँछ । (सापकोटा ज्ञानोदय नमुना मा.वि. खजुराका प्रधानाध्यापक हुन् । यो उनले वृहत खजुरा सम्मेलन २०७६ “शैक्षिक कार्यपत्र” हो)

प्रतिक्रिया

प्रतिक्रिया