भक्तबहादुर केसी, संयोजक
बृहत खजुरा सम्मेलन व्यवस्थापन समिति
खजुरा सम्मेलन किन ?
नेपालको संविधान २०७२ को घोषणासंगै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । सिंहदरबारबाट दिइने सेवा सुविधाहरु स्थानीय तहमा स्थाानान्तरण भएसंगै नागरिकका आशा र अकांक्षामा बृद्धि भएको छ । यस अवस्थामा सीमित साधन र स्रोतका वीचमा थुप्रै कामहरु गर्न जरुरी छ । त्यसका लागि सबै वर्ग र तप्काका व्यक्तिहरुको सहभागिताको खाँचो छ । यसै सन्दर्भलाई जोडेर खजुरालाई समृद्ध बनाउने यात्रामा सबैको दक्षता, क्षमता र अनुभवको आपसी छलफलको माध्यमबाट योजना निर्माणमा टेवा पुग्ने उद्देश्यले नै वृहत खजुरा सम्मेलनको आयोजना गरिँदैछ ।
सम्मेलनमा सहभागी को हुन् ?
यस सम्मेलनमा खजुरामा जन्मिएका, शिक्षा हासिल गरेका र हाल स्वदेश तथा विदेश र स्थानीय रुपमा पनि विभिन्न पेशा र व्यवसायमा आवद्ध व्यक्तिहरु साथै विभिन्न तहका जनप्रतिनिधिहरु, राजनैतिक दलका प्रतिनिधिहरुको सहभागिता रहनेछ ।
सम्मेलनमा के– के हुन्छ ?
सम्मेलनमा विभिन्न १० वटा विषयमा कार्यपत्र प्रस्त’त गरिनेछ । ती कार्यपत्रहरुमा टिप्पणी, छलफल र अन्तरक्रिया हुनेछ । सबै कार्यपत्रको अध्यक्षता र टिप्पणीकार फरकफरक हुनेछन् ।
सम्मेलनले दिने नतिजा के हो ?
यस सम्मेलन पश्चात यहाँबाट विभिन्न कामका दौरानमा खजुराबाट बाहिर जानु भएका सहभागीहरुले आफ्नो जन्मस्थान, प्रतिको धारण परिवर्तन गर्दै यस खजुराका बारेमा केही गर्नुपर्छ भन्ने भावनाको विकास गराउनेछ । खजुराको गुरु योजना निर्माणमा सहयोग पुग्नेछ । अपासी सद्भाव र सहयोगको भावनाको विकासमा कोशे ढ’ंगा सावित ह’नेछ , स्वेश र विदेशमा पहिचान गराउनेछ ।
सम्मेलनसंग जोडिएर खजुराबासीसंग के अपेक्षा राख्नु भएको छ ?
बृहत खजुरा सम्मेलनले खजुराबासीमा नयाँ उर्जा प्रदान गर्नेछ । जसबाट खजुराका आम नागरिक, बुद्धिजीवी, विभिन्न पेशाकर्मीहरुको साथ सहयोग खजुरा गाउँपालिकाले गर्ने हरेक विकास निर्माण लगायतका हरेक क्षेत्रमा गरिने नीति निर्माणका काममा अपनत्व महसुस गर्नेछ ।