मन भण्डारी /नेपालगन्ज :
बाँके जिल्लाकै अति विकट क्षेत्र भनेर चिनिने नरैनापुर क्षेत्रमा विस्तारै विकासले गति लिन थालेपछि गाउँपालिकाबासीहरुले विकासको अुनभुती गर्न थालेका छन् । हरेक क्षेत्रको विकासको दृष्टिकोणले पछाडी पेरको बगौढा क्षेत्रको वारेमा धेरै समाचारहरु सुन्न र पढ्न पाइन्थ्यो । शिक्षा, स्वास्थ्य, सडक, बाटो बिधुत लगाएतको क्षेत्रको विकासबाट सास्ति भोग्दै आएका नरैनापुरबासीहरुले स्थानीय तहको निर्वाचन पछि विस्तारै विकासको अुनुभुति गर्न थालेका हुन् ।
देश लामो समय सम्म जनयुद्ध तथा बिभिन्न आन्दोलनमा रुमलिएपछि विकासमा ब्रेक लागेको थियो । त्यसपछि दे शमा लोकतन्त्र तथा गणतन्त्र आउनुका साथै संबिधान सभाको निवार्चन सम्पन्न भइ नयाँ संबिधान जारी भयो । देशामा आएको पविर्तन देखेर जनताले विकासको आशा गरेका थिए । तर देशको ब्यवस्थामा आएको परिवर्तनले नरैनापुर गाउँपालिकाका जनाताले शान्तिको महसुस गरेपनि पूर्ण विकासको अनुभूति भने गर्न पाएनन् । लामो समय सम्म जनप्रतिनिधिविहीन भएका नरैनापुर क्षेत्रका जनताले दुई दशकपछि चुनेर पठाएका जनप्रतिनिधिहरु भएको स्थानीय सरकार बनेपछि विकासको अनुभूति गर्न थाले को स्थानीयहरुले बताएका छन् । पहिलेको जस्तो आफ्नो गाउँ ठाउको विकासका लागि जिल्ला तथा के न्द्रको मुख ताक्नुपर्ने अवस्था नरहेको स्थानीयहरु बताउँछन् ।
‘स्थानीय सरकार नहुँदा विकास भएन भनेर गुनासो गर्न पनि गाह्रो हुन्थ्यो, विकास हुने नहुनेमा पत्तै हुदैनथ्यो,’ नरैनापुर वडा नं. ६ का सिकन्दर अली मुकेरीले भने, ‘आजभोलि पालिका तथा वडामै सजिलै गुनासो पोख्न पाइन्छ ।’ गाउँमा आफ्नै जनप्रतिनिधि भएपछि गाउँ ठाउँमा आवश्यक भएको र जनताले चाहेको कुरा माग गर्न सकिन्छ,’ उनले भने ।
स्थानीय निर्वाचन हुनुपुर्व लामो समयसम्म साविकका गाविस कार्यालयहरु नेपालगन्जमा केन्द्रीत थिए । स्थानीय सरकार बनेपछि स्थानीयहरुले सेवा लिनका लागि नेपालगन्ज सम्म धाउनुपर्ने समस्याको अन्त्य भइ गाउँबाटै सेवा पाउन थालेका छन् । स्थानीय सरकार आएसंगै पालिका तथा वडा कार्यालयमार्फत गाउँ ठाउमा चाहिएका बाटाघाटो देखि कल्भर्ट निर्माणजस्ता पूर्वाधार विकासका कामले गति लिएको नरैनापुर गाउँपालिका वडा नं. ३ का विरेन्द्र कुमार श्रीवास्तव बताउँछन् ।
नेपालगन्जदेखि बगौढा क्षेत्र जोड्ने हुलाकी राजमार्गको धेरै भाग कालेपत्रे भइसकेको छ भने केही भाग रोलिङ तथा ग्रावेलिङ भएको छ । सडक तथा बाटोघाटोको मुख्य समस्या भोग्दै आएका बगौढाबासीहरु बाटो बनेकोमा खुसी देखिन्छन् । मुख्य सडक मात्रै होइन गाउँका भित्री सडक तथा बाटोघाटोहरु समते बन्न थालेका छन्, वडा नं. ३ का विरेन्द्र कुमार श्रीवास्तवले बताए । जसका कारण हामी वडाबासीहरुले विकासको महसुस गरे का छांै ,’ उनले भने ।
‘लामो समयदेखि यो क्षेत्रको विकासको लागि बजेट आउने गरेको भएपनि विकासको अनुभुति गर्न पाएका थिएनौं, स्थानीय सरकार बनेपछि केही मात्रामा भएपनि विकास भएको आभास भएको छ,’ गाउँपालिका वडा नं. ४ का इर्साद अली साइले भने ।
पहिले सबै गाविस कार्यालयहरु नेपालगन्जमा रहेको बताउदै सानो कामको लागि पनि २÷३ दिन लाग्ने गरेको उन्ले सुनाए । अहिले जनप्रतिनिधि आएपछि बिभिन्न क्षेत्रका कर्मचारीहरु पनि गाउँमा बस्न थालेको बताउँदै साइले भने, ‘पहिले सडक पनि राम्रो थिएन र कर्मचारीहरुले पनि गाउँमा बस्न नमानेपछि जनताले धेरै दुख पाउने अवस्था थियो अहिले त्यो समस्या छैन ।’
विस्तारै विकासले गति लिन थालेपछि के ही वर्षभत्रै गाउँको स्वरुप नै फे रिन्छ की भन्नेमा स्थानीयहरु आशावादी भएका छन् । बगौढा क्षेत्रमा सडक, बाटोघोटो, बिधुत संगै शिक्षा र स्वास्थ्य क्षेत्रको समस्या पनि उस्तै थियो । विद्यालयहरुमा नियमित पढाइ नहुने, शिक्षकहरु गाउँ जान नमान्ने, स्वास्थ्य संस्थामा कर्मचारीहरु नबस्ने लगाएतका समस्याले गर्दा नरैनापुरबासीहरु सेवाबाट बञ्चित हुँदै आएका थिए । जनप्रतिनिधि आएपछि गाउँपालिकाले बाटोघाटो संगै शिक्षा तथा स्वास्थ्य क्षेत्रको विकासलाई पनि प्राथामिक्ताका साथ लिएको स्थानीयहरु बताउँछन् । त्यो संगै गरिव, निमुखाहरुको समस्या समेत स्थानीय सरकारले सन्ने गरेको वडा नं. ३ का विरेन्द्र कुमार श्रीवास्तवले बताए । गाउँपालिकाले आवास बिहिनहरुलाई आवासको ब्यवस्था गरेको, १२६ वटा फुसको छानो भएका घरहरुमा टिनको पाता सहयोग गरेको श्रीवास्तवको भनाइ छ ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष ईस्तियाक अहमद साहले आफु निर्वाचित भएर आइसके पछि जनताले विकासको अनुभूति गर्ने गरि काम गरेको बताए । लामो समयदेखि विकासबाट बञ्चित भएका जनतालाई विकास र परिवर्तनको अनुभूति गराउने उद्देश्यका साथ निस्वार्थ रुपमा जनताको सेवामा लागिपरेका छौं,’ अध्यक्ष शाहले भने ।
दुई वर्षको अवधिमा बिभिन्न वडाहरुमा सडक तथा बाटो पिसिसी र ग्रावेलिङ्ग गर्नुका साथै शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि समेत लागिपरेको उनको भनाइ छ । विकासको मुख्य आधार नै सडक भएको बताउँदै पूर्वाधार विकासतर्फ सडकलाई प्राथमिक्तामा राखेको साहले बताए । गाउँपालिकामा गर्नुपर्ने थुप्रै कामहरु भएको बताउँदै पर्याप्त बजेट तथा स्रोत साधन नहुदा जनताले अपेक्षा गरे अनुरुपको काम गर्न नसकेको अध्यक्ष साहले बताए । आफ्नो कार्यकाल भित्र जनताले अुनुभुति गर्ने गरि काम गर्ने लक्षका साथ अगाडी बढेको उनको भनाइ छ ।