सांसद खरेलको धानबालीमा ट्याक्टर

नेपालगन्ज – बर्षेनी १० देखि १२ क्वीन्टल धान उत्पादन हुने खेतमा आइपी खरेलले मंगलबार धानबालीमै ट्याक्टर लगाएका छन् । धान पाक्ने बेला बाला सम्म नलागेपछि हरियो धान बालीमा ट्याक्टर लगाएका हुन् । ‘१ सय २५ दिनमा पाक्छ भनेको १ सय ५० दिनसम्म नपसाएपछि ट्याक्टर लगाए जोतें’, प्रदेश सभा सदस्य समेत रहेका खरेलले निराश हुँदै दैनिक नेपालगन्जसँग भने, ‘सारा किसानको रुवाबासी छ ।’

सांसद खरेलले धान नहुने निश्चित भएपछि मसुरो छर्ने योजना बनाउँदै धानबालीमै जोतेको सुनाए । उनका अनुसार, सनराइज एग्रिकल्चर रिसर्च प्रा.लि. दाङले आयात स्वीकृति लिएर बिक्री वितरण गरेको गरिमा जातको धान बिउ आफ्नो छ कठ्ठा जग्गामा लगाएका थिए ।

‘१३ मेट्रिक टन बिउ उक्त कम्पनीले बिक्री गरेको खुलेको छ’, सांसद खरेलले नेपाल सरकारबाट प्रमाणीकरणको धान बिउ भएकाले विज्ञहरुले कमिशनमा आयातको अनुमति दिएको आशंका गर्दै भने, ‘यो गम्भीर मुद्दा भएकाले सदनमा बहस चलाउँछु, विज्ञ र आयातकर्तालाई कानुनी कारवाहीको दायरामा ल्याउने कुरामा लबिङ्ग गर्छु ।’
सांसद खरेलले सबै किसानलाई क्षतिपूर्ति दिइनुपर्ने कुरालाई जोड दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया