नेपालगन्जमा नयाँ स्वाद (फोटो तथा भिडियो )

नेपालगन्ज -विश्वब्यापी रुपमा चर्चित रहेको केएफसिको कोर टिमहरु संग मिलेर केएफसिकै रेसिपीलाई फलो गरि त्यहीँ स्टाण्डर्ड र मापदण्डमा नेपालगन्जका फ्राइड चिकेन पारखिहरुको लागि नेपालगन्जमा नयाँ स्वाद दिन होटेल दि ग्यालेक्सीले जिकेएफसी रेस्टुरेन्ट सञ्चालनमा ल्याएको छ ।

राजधानी पछि नेपालगन्ज हस्पिटालिटीमा सम्भावना बोकेको सहर हो त्यसैले नेपालगन्जलाई अन्तराष्ट्रियस्तरको केएफसी ब्रान्डका सवै परीकार नेपालगन्जमै उपलव्ध गराएर नयाँ स्वाद दिनलाई जिकेएफसी रेस्टुरेन्टको सुरुवात गरेको जिकेएफसी तथा होटेल ग्यालेक्सीका एमडी प्रशान्त लामिछाने बताउँछन् ।

जिकेएफसीले नेपालगन्जमा लन्च गरेको फ्राइड चिकेन नेपालगन्जको लागि पुर्णतया नयाँ स्वाद हो । ग्रील्ड चिकेन, ग्रील्ड विङ्स, कृस्पी चिकेन स्ट्रीप्स, हट एन्ड क्रीस्पी चिकेन सहितका चिकेन परिकार पस्कने जिकेएफसिले सम्पुर्ण चिकेन परिकार पुर्णतया सर्टिफाइड हलाल चिकेनबाट तयार गर्ने छ ।

जिकेएफसिमा तयार हुने कुनै पनि चिकेनका परिकार एउटा निश्चित मापदण्ड पूरा गरेको चिकेनबाट बन्ने र जसलाई जिकेएफसीले काठमाडौंबाट मगाउने एमडिले लामिछाने बताउँछन् ।

नेपालगन्जलाई प्रीमियम नयाँ स्वाद र हस्पिटालिटी सेवा दिनकै लागि स्थापित जिकेएफसिको मेनुमा पपकोर्न चिकेनको रेगुलर र लार्ज, हट विङ्स, राइस वोलमा चिकेन पपकोर्न राइस, हट विङ्स राइस , भेज राइस तथा वर्गरमा चिकेन वर्गर, भेज वर्गर, डवल टेन्डर वर्गर, फिङ्गर चिप्स र विभिन्न कफि तथा रेगुलर आइसक्रीम समेत उपलब्ध छ भने जिकेएफसीको मेनुमा रहेको महत्त्वपूर्ण विशेषता भनेको विश्व बिख्यात आइसक्रीम कम्पनी बास्किन एण्ड रोब्बिन्सको आइसक्रीम समेत हो ।
सोमबार प्रदेश नम्बर ५ सभासद कृष्णा केसी ‘नमुना’ र नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमसेर राणाले संयुक्त रुपमा रिवन काटेर जिकेएफसी रेष्टुरेन्टको उद्घाटन गरेका थिए ।

करिब २ करोड लगानमा सञ्चालनमा आएको रेष्टुरेन्टमा अमेरिकन प्रविधिको प्रयोग गरिएको छ भने नेपालमा केएफसीलाई मासु उपलब्ध गराउदै आएको काठमाडौको भ्याली कोल्ड स्टोरले नै नेपालगन्जको जिकेएफसीलाई मासु उपलब्ध गराउने गरेको छ ।

कार्यक्रममा बोल्दै सभासद केसीले जिकेएफसीको सुरुवातले नेपालगन्जमा होटेल व्यावसाय फस्टाउँदै गएको संकेत गरेको बताए । उनले भने, ‘मलाई खुसी लागेको छ । नेपालगन्जमा सुविधा र नयाँ स्वाद र प्रविधिको प्रयोग गरेर रेष्टुरेन्ट खुल्दै गएका छन । यसले नेपालगन्जको आर्थिक विकास, होटल व्यावसायलाई सहयोग गर्नेछ । नेपालगन्जमा नयाँ ब्यापार र व्यवसायको सम्भावनालाई पनि बढाएको छ ।’

त्यस्तै नगर प्रमुख डा. धवल समशेर राणाले जिकेएफसीको सुरुवातले नेपालगन्जको गरिमालाई बढाएको बताए । उनले भने, ‘नेपालगन्जमा जति नयाँ सेवा र सुविधाहरु थपिन्छन् । त्यसले सहरको गरिमा बढाउँछ । एउटा समृद्ध सहर हुने सुविधा नेपालगन्जमा सुरुवात भएको छ ।’

प्रतिक्रिया

प्रतिक्रिया