नेपालगन्जमा रावण बध ( भिडियो )

नेपालगन्ज – नेपालगन्जको रामलीला मैदानमा घटस्थापनादेखि शुरु भएको रामलीला महोत्सवमा नारद मोह, रामजन्म, ताड्का बध, जनकपुर आगमन, बजार फूलबारी, धनुष यज्ञ, परशुराम, वाणासुर, सीता स्वयम्वर, राम वनवास, दशरथ मरण, सीताहरण, लीलालगायत मंगलबार रावण बध गरिएको छ ।

रावण बध हेर्न नेपालगन्ज लगायत आसपासका जिल्ला तथा छिमेकी मुलुक भारतबाट समेत मानिसहरु जम्मा भएका थिए । भगवान् राम र सीताको जीवनीमा आधारित विभिन्न कथालाई नाट्यरूपमा प्रस्तुत गरिने रामलिला रावण बध नहुञ्जेलसम्म चल्छ । जसलाई कलालकारहरूले नाट्यरूपमा जीवन्त रुपमा प्रस्तुत गरेका थिए । सत्यमाथि विजयको प्रतीकको रूपमा मनाइने दशैमा रामलिला मैदानको रौनक नै भिन्दै हुने गर्दछ ।

मंगलबार रावण वधका दिन हजाराैं सर्वसाधारणको उपस्थितिमा पटका पडकाएर रावणको मूर्तिमा पटका पढकाएर रावणको बध गरिएको थियो । रावणको बध गरेर विजय उत्सव मनाउने परम्परा अनुरुप रावण बध हेर्न आएको हिरमिनियाका सन्तोष यादव बताउछन् ।

फोटो / भिडियो : रामु ओली/ नेपालगन्ज न्युज

प्रतिक्रिया

प्रतिक्रिया