आस्था : सयौंले छेडे देवीका अगाडि आफ्नो जिब्रो (भिडियो)

नेपालगन्ज – नेपालगन्जको प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरमा सोमबार सयौं भक्तजनहरुले आफ्नो जिब्रो धारिलो झिरले छेडेका छन् । भाकल पुरा गर्न तथा परम्परा धान्नका लागि असोज र चैत्रमा हुने दशैंका बेला जिब्रो छेड्ने प्रचलन रहेको जानकी गाउँपालिकाका गंगा प्रसाद काँदुले जानकारी दिएका छन् ।

मन्दिरमा दुर्गा भवानी प्रति आस्था प्रकट गर्न जिब्रो छेदन गर्ने परम्परा रहेको राजिव यादवले बताएका छन् । चैतेदशैंको भोलिपल्ट अर्थात रामनवमीको दिन पनि जिब्रो छेडेर देवीको दर्शन गर्ने परम्परा पनि रहेको छ ।

‘भाकल पूरा भएपछि मन्दिरमा जिब्रो छेड्ने पनि परम्परा रही आएको छ’, काँदु भन्छन् । हिन्दू धर्मावलम्बीहरुले नेपालगन्जको बागेश्वरी मन्दिरमा दशै र चैतै दशै दुबैमा बक्यकी देवी बागेश्वरीलाई जिब्रो छेडेर दर्शन गर्दा मोक्ष पाइने विश्वास पनि रही आएको छ ।

भिडियो/तस्विर : रामु ओली/नेपालगन्जन्यूज

प्रतिक्रिया

प्रतिक्रिया