नेपालगन्ज – बडा दशैको आज नवौं दिन सधै चहलपहल रहने नेपालगन्ज सुनसान जस्तै बनेको छ ।
चाडपर्व मनाउन घर फर्कनेहरुको संख्या उल्लेख्य भएको कारण चाडपर्वमा नेपालगन्ज सुनसान हुने गर्दछ ।
आइतबार सम्म चहलपहल रहेको नेपालगन्ज नवमीको दिन भने सुनसान बनेको हो ।
हरेक दिन चहलपहल भैरहने नेपालगन्जको सुर्खेत रोड , भृकुटीनगर – गौघाट सडग , न्युरोड तथा भित्री बजारहरुमा चहलपहल घटेको पाइन्छ । अधिकांश बजार, पसल , होटलहरु र साना नास्ता पसल समेत बन्द छन् । वडा दशैको लागि स्कुल तथा कलेजहरु र फुलपाती देखि अधिकांश कार्यालय तथा उद्योगहरु समेत बन्द भैसकेका छन् ।
त्यस्तै हिजो अत्याधिक भिड रहेको बागेश्वरी मन्दिरमा समेत सोमबारको दिन अन्यदिनको तुलनामा भिडभाड देख्न सकिएन ।
मध्य तथा सुदुरपश्चिमको ब्यापारीक , शैक्षिक र हस्पिटल तथा हस्पिटालिटिको लागि हबको रुपमा रहेको नेपालगन्जलाई कार्यस्थल तथा दोस्रो घर बनाएर बसेकाहरु दशैं मनाउन घर फर्केसँगै नेपालगन्जका सडक तथा बजार सुनसान बनेका छन् ।
हेर्नुस् भिडियो :