नेपालगन्जमा रामलीलाले बढायो रौनक ( फोटो तथा भिडियो )

नेपालगन्ज – विजयादशमीको घटस्थापनासँगै आइतबारबाट नेपालगन्जमा सुरु गरिएको रामलीलाले नेपालगन्जमा रौनकता ल्याएको छ । नेपालगन्जका हरेक क्षेत्र , टोलबाट रामलीला हेर्नैकै लागि रामलीला मौदानमा पुग्ने संख्या दिनानुदिन बढ्दै गएको छ । प्रत्येक वर्ष झैं यसबर्ष पनि रामबाग स्थित रामलीला मैदानमा रामलीला मञ्चन सुरु गरिएको थियो ।

रामायणमा आधारित लीला प्रत्येक दिन राती ८ वजेदेखि रामको राज्याभिषेक गरुन्जेलसम्म जारी रहनेछ । भारतको वृन्दावनबाट राधारमण शर्माको नेतृत्वमा २१ जनाको टोलीले रामलीला मञ्चन गरिरहेका छन् । नेपालगन्जमा रामलीला आयोजना गरिएको १ सय ५२ औं पटक हो ।

हेर्नुस् फोटो तथा भिडियो

प्रतिक्रिया

प्रतिक्रिया