आज बसपार्कको औपचारिक उद्घाटन

नेपालगन्ज – नेपालगन्जमा निर्माण गरिएको आधुनिक बसपार्क आज शनिबार देखि औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाका अनुसार , आज औपचारिक कार्यक्रमका बिच प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बसपार्कको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

उपमहानगरपालिकाले गत असोज १२ गते देखि बसलाई भित्रबाटै सञ्चालनको व्यवस्था गरेको थियो । बसपार्क उद्घाटन अघि सम्पुर्ण निर्माण सकिएको उपमहानगरपालिकाले जानकारी दिएको छ । उद्घाटनको अघिल्लो बिहीवार नगर प्रमुख डा. धवल समशेर राणा , प्रवक्ता प्रमोद रिजाल , शिक्षा शाखा प्रमुख गोर्ख थापा , वरिष्ठ आलेप अधिकृत खिमानन्द अर्याल , इन्जिनियर सुरज शर्माले बसपार्क पुगेर तयारी बारे जानकारी लिएको प्रवक्ता गोबिन्द शर्माले जानकारी दिएका छन् ।

निर्माण सुरु भएको साढे तीन बर्ष पछि नेपालगन्जको अत्याधुनिक बसपार्क औपचारिक रुपमा सञ्चालनमा आउने भएको हो । १५ महिना निर्माण सम्झौता भएपनि बसपार्क पुर्ण रुपमा तयार हुन साढे तीन बर्ष लागेको हो । बसपार्कका लागि युनाइटेड बिल्डर्ससंग २०७२ चैत्रमा १४ करोड ९४ लाखमा सम्झौता भएको थियो । नेपालगन्ज उपमहानगरपालिकामा जनप्रतिनिधि आएपछि मात्रै बसपार्क निर्माणले तिब्रता पाएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया