नेपालगन्ज – नेपालीहरुको महानचाड वडा दशै आजबाट सुरु भएको छ । दशैको पहिलो दिन आज घरघरमा घटस्थापना गरि दशै शुभारम्भ गरिन्छ । यस बर्ष असोज २१ गते विजया दशमी परेको छ ।आज घटस्थापनाको दिन शुद्ध माटो तथा गोबरले ग्जर शुद्ध बनाएर शास्त्रीय विधि अनुसार शुभ मुर्हतमा घडा स्थापना गरि घडाको नजिक सप्तधान्य (जमरा) बिजारोपन गरि नौ दिनसम्म विभिन्न नामले शक्तिको पुजा आराधना गरिन्छ ।
नवरात्रीको पहिलो दिन घटस्थापना हो । यस दिन शैलापुत्री देवीको पुजा आराधना गरिन्छ । दशै घर वा पुजा कोठामा मकै , गहुँ , जौ आदि अन्नको बिज छरेर घटस्थापना गरिन्छ । नेपालगन्जमा रहेको बागेश्वरी मन्दिर (शक्तिपीठ) नव दुर्गाका लागि चर्चित तथा महत्त्वपूर्ण धार्मिक स्थल मानिन्छ । बागेश्वरी मन्दिरमा हरेक बर्ष दशैका लागि विशेष मानिन्छ ।
बागेश्वरी मन्दिरमा घटस्थापनाको दिन देखि नौ दिन सम्म विभिन्न देवीको पुजा आराधना गर्ने गरिन्छ । अघिपछि को सामान्य दिन भन्दा दशैको ९ दिन सम बागेश्वरी मन्दिरमा भक्तालुहरुको भिड लाग्ने गर्दछ ।
बागेश्वरी मन्दिरमा पहिलो दिन देखि नै नव दुर्गाको स्वरुपहरुको पुजा हुने मन्दिरका मठाधिश महन्त हरिहर नाथ योगिले बताए ।
बागेश्वरीमा आज पहिलो दिन शैलापुत्री माइको पुजा गरिन्छ । बिहान ३ बजेबाट आरती सुरु हुने र आरती सकिए पछि बिहान ४ बजेदेखि पुजा सुरु हुने महन्त योगिले जानकारी दिए ।बिहान ४ बजे देखि दिनै भरि पुजा गर्न सकिने महन्त योगिले बताए ।