नेपालगन्ज – उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासका न्यायाधीश हेमराज पन्तले न्यायाधीशको मुल्याङ्कन एउटा मुद्दामा गरिएको फैसला वा आदेशलाई हेरेर मात्र नगरि समग्र न्याय सम्पादनको कार्यलाई मुल्याङ्कन गरिनु पर्नेमा जोड दिएका छन् । नेपालगन्ज उच्च बार तथा बाँके जिल्ला बार एशोसिएसनको संयुक्त आयोजनामा भएको दशंैको सुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै न्यायाधीश पन्तले निश्पक्ष र निडर न्याय सम्पादनमा जोड दिए ।
सुभकामना आदान प्रदान तथा आफ्नो स्वागतमा बारले आयोजना गरेको कार्यक्रममा बोल्दै हालै नेपालगन्ज उच्च अदालतमा सरुवा भई आएका न्यायाधीश गोकर्ण डाँगीले अदालतको बल भनेकै जनआस्था भएकोले जनबिश्वास बढाउने, बारले गरेको सम्मानलाई कायम राख्ने गरि न्याय सम्पादन गर्ने बताए ।
नेपालगन्ज उच्च अदालत वारका अध्यक्ष बिकाश आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बाँके जिल्ला अदालतका न्यायाधीश खडानन्द तिवारी, वरिष्ठ अधिवक्ता भोला सिंह हमाल, उच्च सरकारी वकिल दमनसिंह बिष्ट लगायतले शुख, शान्ति र सम्बृद्धिको कामना गर्दै चाडवाडमा स्वस्थ्य रहन र खानपिनमा ध्यान दिन आग्रह गरेका थिए ।
कार्यक्रममा उच्च अदालत न्याय क्षेत्र समन्वय समितिका सदस्य अधिवक्ता वसन्त गौतमले न्यायका उपभोक्तालाई गुणस्तरिय न्याय दिलाउन, स्वच्छ र पहुँचयोग्य न्याय सम्पादनमा चाडवाडले मद्दत पु¥याउने बिश्वास ब्यक्त गरे । नेपालगंज उच्च बारका सचिव चित्र बहादुर शाही र जिल्ला बारका उपाध्यक्ष रामनाथ तेलीले स्वागत गरेको शुभकामना आदान प्रदान कार्यक्रममा कानून ब्यवसायीहरुले गुणस्तरिय र पहुँचयोग्य न्याय सम्पादनमा जोड दिएका थिए ।
कार्यक्रममा अधिवक्ता बिश्वजित तिवारीले दशैंमा १५ दिनको लामो बिदा हुँदा धेरै न्यायका उपभोक्ता न्याय पाउनबाट बञ्चित हुने भएकाले अदालतमा हुने लामो बिदा कटौतीमा जोड दिए ।