मुख्यमन्त्रीसँग व्यवसायीको भेट: नेपालगन्जदेखि पोखरा र दिल्ली उडानको पहल

तस्वीर : पदम खनाल

नेपालगन्ज – नेपालगन्ज उद्योग वाणिज्य संघको टोलीले बिहीबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई भेटेर नेपालगन्ज–दिल्ली तथा नेपालगन्ज–पोखरा उडानका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

संघका अध्यक्ष नन्दलाल वैश्यको नेतृत्वमा रहेको संघको टोलीले नेपालगन्जमै रहेका मुख्यमन्त्री पोखरेललाई भेटेर विभिन्न व्यवसायिक क्षेत्रका विषयमा जानकारी गराउँदै समाधानका लागि पहल गर्न आग्रह गरेका हुन् । त्यसक्रममा नेपालगन्जदेखि दिल्ली र पोखरा उडानका विषयलाई प्राथमिकताका साथ पहल गर्न व्यवसायीहरुले आग्रह गरेका थिए ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले मुख्यमन्त्रीबाट व्यवसायीले उठाएका विषयहरु सम्बोधनका लागि सकारात्मक प्रतिक्रिया पाएको बताए । ‘खुला सीमानाका कारण यहाँको व्यवसायमा भएको नकारात्मक असरको बारेमा पनि जानकारी गराएका छौं’, अध्यक्ष वैश्यले भने । उनले भारतबाट सामान भित्र्याउन भन्सार छुट दिंदा कम्तिमा पनि सुविधाको फारम भर्नुपर्ने व्यवस्थाका लागि पहल गर्न मुख्यमन्त्रीलाई आग्रह गरेको जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया