फाइल तस्वीर : ईन्टरनेटबाट
नेपालगन्ज – भारतबाट स्वास्थ्य प्रमाणपत्र विना खसीको आयातमा रोक लगाइएपछि अवैध ढंगले चोरी पैठारी हुने क्रम बढेको पाइएको छ । स्वास्थ्य प्रमाणपत्र लिन झन्झट हुने भएपछि चोरबाटोको प्रयोग गरि खसीको तस्करी बढेको हो ।
अवैध रुपमा भन्सार छलेर खसी भित्रिन थालेपछि प्रदेश अनुसन्धान ब्यूरोले त्यसविरुद्ध निगरानी बढाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले भन्सार छलेर भित्र्याइएका १ सय २२ वटा खसी बुधबार नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
रातीको समयमा अवैध रुपमा भित्र्याइँदै गरेको झण्डै १० लाख मूल्यका नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । अवैध रुपमा भन्सारबाट खसी भित्र्याउने नरैनापुर गाउँपालिका–६ का सकिल खान र राप्ती सोनारीका गंगाराम खत्रीलाई पनि नियन्त्रणमा लिएको छ । उनीहरुलाई आवश्यक कारवाहीका लागि भन्सार पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।