बन्यो बसपार्क, सञ्चालनमा आउँदै

आगामी साता आइतबारबाट सञ्चालनमा ल्याइने बसपार्कको औपचारिक उद्घाटन आगामी साता बुधबार गर्ने नेपालगन्ज उपहानगरपालिकाले निर्णय गरेको हो

नेपालगन्ज – निर्माण सुरु भएको साढे तीन बर्षपछि नेपालगन्जको अत्याधुनिक बसपार्क सञ्चालनमा आउने भएको छ । १५ महिनामा निर्माण सम्झौता भएपनि बसपार्क पूर्ण रुपमा तयार हुन साढे तीन बर्ष लागेको हो । बसपार्कका लागि यूनाइटेड बिल्डर्ससँग २०७२ चैत्रमा १४ करोड ९४ लाखमा सम्झौता गरिएको थियो । नेपालगन्ज उपमहानगरका जनप्रतिनिधि आएपछि मात्रै बसपार्क निर्माणले तिव्रता पाएको थियो ।

नेपालगन्ज उपमहानगरपालिकाले आगामी आइतबारबाट सम्पूर्ण बसहरु वसपार्कभित्र प्रवेश अनिवार्य गराउने निर्णय गरेको छ । बसपार्क निर्माण नसकिंदा यसअघि सडकमै बसहरु पार्किङ गरिन्थ्यो । आइतबार नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणाको अध्यक्षतामा बसेको संचालक समिति, प्रालि र सरोकारवाला निकायको बैठकले आगामी आइतबारदेखि बसपार्क भित्र बस प्रवेश गराउने र आगामी साता बुधबार औपचारिक रुपमा उद्घाटन गर्ने निर्णय गरेको हो ।

बैठकले वसपार्क संचालन भएपछि नगर बस वाहेकका सम्पूर्ण बसहरु वसपार्कबाटै छुट्ने गरि व्यवस्थापन गर्ने निर्णय गरेको उपमहानगरपालिकाका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन् ।

नगर उपप्रमुख उमा थापा मगरले बसपार्क सञ्चालनको तिथि तोकिएसँगै यातायात व्यवसायी राष्ट्रिय महासंघ बाँकेको संयोजनमा ३ दिनभित्र काउण्टरको बाँडफाँड सहित सवै समिति र प्रालिको १÷१ जना प्रतिनिधितव हुने गरि खाका सहित प्रतिवेदन पेश गर्न अनुरोध गरेको जानकारी दिइन् । बैठकले बसपार्कलाई सुरक्षित बनाउनका लागि सिसि क्यामरा, सुरक्षा काउण्टर लगायत अन्य भौतिक पूर्वाधार तयार गर्ने निर्णय पनि गरेको उपप्रमुख थापाले बताइन् ।

बैठकमा बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, प्रहरी प्रमुख वीरबहादुर वली लगायतको उपस्थिति रहेको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले बताए । बसपार्क सञ्चालन सँगै त्यस क्षेत्रमा अव्यस्थित रहेको ट्राफिकको व्यवस्थापन हुनेछ ।

प्रतिक्रिया

प्रतिक्रिया