‘संविधानमा छ अधिकार’

डेक नेपालको १२ औं साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरिएको छ ।


नेपालगन्ज – पूर्व स्थानीय विकास मन्त्री युवराज ज्ञवालीले अपाङ्गता भएका ब्यक्तिहरुको अधिकारपनि संविधानमा समेटिएकाले निराश नहुन आग्रह गरेका छन् । शनिबार नेपालगन्जमा आयोजित अपाङ्ग सशक्तिकरण एवं सञ्चारकेन्द्र डेक नेपालको १२ औं साधारण सभा तथा पाँचौ अधिवेशनको उद्घाटन गर्दै पूर्व मन्त्री ज्ञवालीले अपाङ्गता भएकाहरुलाई निराश हुनुपर्ने अवस्था नरहेको बताएका हुन् । उनले आफ्ना अधिकार स्थापित गर्न कार्यान्वयनका लागि अपाङ्गता भएका ब्यक्तिहरुले संगठित भएर सरकारलाई दवाव दिन सुभाव दिएका थिए ।


डेक नेपालका अध्यक्ष मान बहादुर बुढाको अध्यक्षतामा भएको उद्घाटन सत्रमा संघिय सांसद देवराज भार, प्रदेश साँसद आईपी खरेल, कृष्णा के.सी नमुना, नेकपा बाँकेका सचिव अशोक कोईराला, नेपाली काँग्रेसका युवा नेता सुधांसु कोराला लगायतले शुभकामना दिएका थिए ।

अधिवशेनले हरिकला थापालाई नयाँ कार्यकालका लागि अध्यक्षमा चयन गरेको छ । तीन वर्षे कार्यकाल रहने कार्यसमितिमा उपाध्यक्ष इन्द्र बहादुर थकाली निर्वाचित भएका छन् । त्यस्तै समितिको सचिवमा गोपिलाल थारु, कोषाध्यक्षमा ललित बहादुर, सह–सचिवमा पूर्णिमा शर्मालाई चयन गरेको छ । सदस्यहरुमा गोकर्ण बहादुर आचार्य, जुवरु वेहेना, पुनम सोनी र भक्त प्रसाद पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया