नेपालगन्जमा आज शुक्रबार यामाहा एफ जेड्ले हिमालय टिभीका साथमा रोडिजको छनोट गर्ने भएको छ । आज नेपालगन्जमा रोडिजका लागि अडिसन लिन लागेको यामाहाले जानकारी दिएको छ ।
यसअघि रियालिटि सोरोडिज सिजन ३ को प्रि– अडिसन भाद्र १८ गतेशुरु भई भाद्र २४ गते सम्पन्न भएको थियो । इन्डियन रियालिटि टि. भि.शो को फ्रान्चाइज यामाहा रोडिज बिगत २ सिजन देखि चलिआएको छ र यो साल रोडिजको प्रि–अडिसन यामाहाका डिलरहरुको सहभागितामा १५ वटा मुख्य शहरमा सञ्चालन भएको थियो ।
यसपटक रोडिज, ‘ब्लड, स्वेट एण्ड टियर्स’ थिममा निर्णायकहरुलाई ग्याङ लिडरको रुप दिई एक अर्कासँग प्रतिस्पर्धा गराइने छ । शो मा रेमन दास श्रेष्ठको मुख्य भुमिका र बिशेष अधिकार रहने छ र समन श्रेष्ठ, अनुप बिक्रम शाहि, दिया मास्के र लाहुरे जसरी नै आफ्नो ग्याङ्गमा प्रतियोगी छनोट गरि कार्यक्रमको अन्तिमसम्म विजयको लागि लड्नेछन् ।
१८ गते सुरु भएको प्रि–अडिसनको नतिजाले पहिले भन्दा बढी सहभागिता देखाएको आयोजकले जानकारी दिएका छन् । प्रि–अडिसनको प्रतिफलमा बर्दिबास, हेटौंडा, दमक, दाङ्ग, बुटवल, बिरगंज, इटहरी, बाग्लुङ्ग, स्याङजा, भैरहवा, बिर्तामोड, सुर्खेत, धनगडि, दमौलि र बिराटनगर गरि १५ वटा सहरबाट १,००० भन्दा बढी प्रतियोगिहरु सहभागी भएका थिए ।
यसपटकको रोडिजले प्रतियोगी युवाहरुको आत्मबल, हिम्मत, धैर्यता, रिष, चलाखी साथै शाररिक बलको कठोर परिक्षा लिनेछ र एउटा मजबुत र पक्का रोडिलाई जन्माउने आयोजकले विश्वास व्यक्त गरेका छन् ।