विद्यार्थीले गरे डेंगुविरुद्ध सचेतना

पहिलो पटक नाटकमार्फत विद्यार्थीहरुले सचेतना प्रवाह गरेका हुन् ।

नेपालगन्ज – बाँकेमा पनि डेंगुको प्रभाव देखिन थालेपछि भेरी नर्सिंग कलेजका विद्यार्थीहरुले गाउँ गाउँमा पुगेर सचेतना कार्यक्रम सञ्चालन गरेका छन् ।

स्वास्थ्य शिक्षा पढेका विद्यार्थीहरुले नाटकमार्फत एक हजार बढी स्थानीयलाई डेंगुविरुद्ध सचेतना प्रवाह गरेको कलेजका प्रवन्ध निर्देशक सन्जय सिंहले जानकारी दिए । सिंहका अनुसार, कोहलपुर ९ को पिपरी र भवानीपुरमा गरिएको छुट्टाछुट्टै नाटकमार्फत सचेतना कार्यक्रममा भेरी नर्सिंग कलेजका द्धितिय वर्षका विद्यार्थी सहभागी थिए ।

कलेजका प्रवन्ध निर्देशक सन्जय सिंह, प्रिन्सिपल एलिजा कोइराला, कोहलपुर ९ का वडाध्यक्ष ठाकुरसिंह थारु लगायतले डेंगुविरुद्ध विद्यार्थीले पहिलो पटक ग्रामीण क्षेत्रमा प्रवाह गरेको सचेतनाको प्रशंसा गरेका थिए । विद्यार्थीहरुलाई स्वास्थ्य शिक्षाको व्यवहारिक ज्ञानसँगै सामाजिक उत्तरदायित्व बोध गराउन कलेजले बेलाबेलामा यसखाले कार्यक्रमलाई प्राथमिकतामा राखेको प्रवन्ध निर्देशक सिंहले दैनिक नेपालगन्जसँग भने ।

प्रतिक्रिया

प्रतिक्रिया