नेपालगन्ज – प्रदेश नम्बर ५ का सांसद सुरेन्द्र हमालले दुई तिहाईको सरकारले महंगी, भ्रष्टाचार र गुण्डागर्दीलाई प्रश्रय दिँदै गएको भन्दै उनीहरुले जनताको जीउधनको सुरक्षा गर्न सरकार असफल भएको बताएका छन् । मंगलबार नेपालगन्जमा तरुण दलको अगुवामा भएको विरोध प्रदर्शनमा बोल्दै सांसद हमालले सीतापुर घटनाका दोषीमाथि कारवाहीको माग गरे ।
प्रदेश सभा सदस्य हमालले पार्टीको कार्यक्रममा नेकपाका समर्थित कार्यकर्ता प्रवेश गरेको आरोप लगाउँदै त्यसलाई व्यक्तिगत भन्नु सर्वसत्तावाद भएको टिप्पणी गरे । ज्यान मुद्दा दर्ता गरिएका सबैलाई पक्राउ गरी कडा कारबाही नहुँदासम्म का“ग्रेस लगायत तरुण दलले खबरदारी गरिरहने वक्ताहरुले बताएका थिए ।
तरुण दलले मंगलबार धम्बोझी चोकमा दुई घण्टा चक्काजाम सहितको विरोध प्रदर्शन गरेको थियो । तरुण दल बाँकेको आयोजनामा पार्टी कार्यालयबाट सुरु भएको दबाब ¥याली बिपि चोक हुँदै धम्बोझी पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्ने वक्ताहरुले मुद्दालाई कमजोर बनाउने षडयन्त्र भैरहेकाले दबाब सिर्जनाका लागि आन्दोलनमा रहेको बताएका थिए । कोणसभामा तरुण दल बाँके अध्यक्ष बिरेन्द्र शाह, नेपाल विद्यार्थी संघका बाँके अध्यक्ष पूर्ण आचार्य, राष्ट्रिय जागरण कार्यक्रमका केन्द्रीय प्रतिनिधि, भरत न्यौपाने, विद्याप्रसाद खनाल, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेश कुमार गुप्ता, कांग्रेस नेता लक्ष्मी नारायण शाह, डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरी, नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर लगायतले बोलेका थिए ।