बुद्धले भन्यो, ‘मन्त्रीको संयमता’

शनिबार नेपालगन्जबाट आफ्नो विमान काठमाडौँ फर्किने क्रममा भएको घटनाबारे बुद्ध एयरले सोमवार लिखित जानकारी बाहिर ल्याएको छ । बुद्धले नेपाल नागरिक उड्यन प्राधिकरण समक्ष गराएको लिखित जानकारी बाहिर आएको हो ।


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई तथा उनको सहयोगीको संयमता कारण अवस्था सहज बनाउन सहयोग पुगेको र कुनै अप्रिय घटना हुन नपाएको भन्दै बुद्ध एयर सोमबार प्राधिकरणलाई बुझाएको पत्रमा ज्ञानेन्द्र शाही लगायतको अराजकताका कारण झण्डै दुर्घटनाको सम्भावना पनि औल्याएको छ ।

विमान काठमाडौँबाट नेपालगन्ज प्रस्थान गर्दा नै २३ मनेट ढिलाइ भएको र काठमाडौँ फर्किंदा २४ मिनेट मात्र ढिलाइ भएको प्रष्टीकरण दिंदै बुद्ध एयरले मन्त्रीका कारण ‘केही बेर ढिलो भएको’ जनाएको छ । ‘ढिलो हुँदा विमानका अरु यात्रु आक्रोशित अवस्थामा धावन मार्गमा उत्रेर होहल्ला गरेको’ जानकारी दिंदै बुद्धले प्राधिकरणलाई लेखेको पत्रमा भनेको छ, ‘सो समूह मन्त्रीज्यूसँगसँगै विमान भित्र एकैचोटी चढेर एकैठाँउमा उभिएर ४–५ मिनेटसम्म अझ बढी आक्रोस पोख्न थालेपछि विमानको एकै भागमा धेरै वजन भएकाले विमान समेत ढल्किएको थियो ।’ उक्त अवस्थाले दुर्घटनाको जोखिम निम्त्याउन सक्ने सम्बद्ध विज्ञहरुको भनाइ छ ।


मन्त्रीसँग बबाल गर्ने समूहले त्यसअघि आक्रोसित भई विमानबाट झण्डै ७÷८ मिनट विवाद गरेको बुद्धले जनाएको छ । मन्त्री भट्टराईले यसअघिनै आफु १५ मिनट ढिला आउनुको कारणसहित क्षमायाचना गरिसकेका छन् । घटनाका नाइके शाहीलाई प्रहरीले पक्राउ गरेपनि सोमवारनै मन्त्री भट्टराईकै निर्देशनमा गल्ती नदोहो¥याउने शर्तमा छाडिएको छ । राजधानी काठमाडौंमा नेपालगन्ज घटनाबारे पत्रकार भेटघाट राखेका शाहीलाई विद्यार्थीहरुले घेरेपछि सुरक्षा दिन गएको प्रहरीलाईनै दुव्र्यबहार गरेको भन्दै उनलाई पक्राउ गरिएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया