नेपालगन्ज – नेपाली काँग्रेस बाँकेका संगठन विभाग प्रमुख महेन्द्र मल्ल ठकुरीले जिम्मेवारीबाट राजिनामा दिएका छन् ।
मल्लले आइतबार बाँके जिल्ला सभापतिलाई सम्बोधन गरी पठाएको राजिनामा पत्रमा घरायसी कारणले जिम्मेवारी सम्हाल्ने अवस्था नरहेको कारण देखाएका छन् । हालै नेपाली काँग्रेसले खजुरामा आयोजना गरेको जागरणसभामा केही स्थानीय युवाले विथोल्ने क्रममा पार्टी सभापति किरण कोइरालाको हात भाँचिएको थियो ।
काँग्रेस बाँकेले नेकपाका कार्यकर्ताले आक्रमण गरेको आरोप लगाएको छ भने नेकपाले सांगठनिक संलग्नता अस्वीकार गर्दै आएको छ । घटना तीन जनालाई बाके प्रहरीले नियन्त्रणमा समेत लिएको छ । नेपाली काँग्रेसले जागरण अभियान सञ्चालन गरिरहेको अवस्था, पार्टी सभापति माथि आक्रमण भएको अवस्थामा संगठन विभाग प्रमुखको राजिनामालाई अर्थपूर्ण रुपमा लिइएको छ ।