नेपालगन्ज -नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अन्तर्गतका नेता तथा कार्यकर्ताहरुलाई सञ्चार सीप तालिम दिइएको छ ।
मर्यादित कामका लागि सक्रिय भएर मजदुरहरु बीच ट्रेड युनियनले गरेका कामहरुको बारेमा सुचना प्रवाह गर्न सहज बनाउने उद्देश्यले शनिबार नेपालगन्जमा सञ्चार सीप तालिम आयोजना गरिएको हो । त्यसक्रममा जिफन्टले गरेका काम, मजदुर आन्दोलन, सरकारसँग गरेका कार्यहरु, विभिन्न उद्योग कलकारखानामा जिफन्टले गरेका सम्झौता बारे चर्चा गरिएको थियो ।
नेपालगन्जको औद्योगिक क्षेत्रमा जिफन्ट अन्तर्गत घटकका सक्रिय नेता, सञ्चार सम्वन्धी काम गर्ने व्यक्तिहरुलाई दिइएको तालिममा प्रदेश नं ५, कर्णाली प्रदेश र प्रदेश सुदुर पश्चिम प्रदेशबाट २२ जनाको सहभागी थिए ।
प्रत्येकले जिफन्टमा आबद्ध भएर आफुले गरेका काम सामू पु¥याउन सजिलो होस् भन्ने तालिमको उद्देश्य भएको जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमले बताए । जिफन्टका केन्द्रीय उपाध्यक्ष जितेन्द्र श्रेष्ठ र राष्ट्रिय युवा कमिटी केन्द्रीय सदस्य स्मृति लामाले प्रशिक्षण कार्यक्रम जिफन्टका केन्द्रिय अध्यक्ष बिनोद श्रेष्ठको मुख्य आतिथ्यतामा भएको थियो । वक्ताहरुले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा जिफन्टको भूमिका बारे जानकारी पनि दिइएको थियो ।