अन्ततःशिशु मृत घोषित


असावधानी भविष्यमा हुन नदिन अस्पताल प्रतिबद्ध

अन्त्येष्टिका लागि लगिएको बेला जिवित भेटिएकी भनिएकी नवजात शिशुलाई अन्ततः मृत घोषित गरिएको छ । भेरी अञ्चल अस्पतालमा अहिलेसम्मकै ‘दुर्लभ’ भनिएको उक्त शिशुको घटनामा पीडितहरुले भने लापरबाही भएको भन्दै छानविन माग गरेका छन् ।
अपरिपक्व अवस्थामैं जन्मिएपछि गर्भपात (एवोर्सन) का रुपमा लिंदै स्वास्थ्यकर्मीबाट मृत भनिएको शिशु जिवित पाइएपछि अस्पताल फर्काइएको थियो । शुक्रवार विहान स्वास्थ्यकर्मीले ६ः३० बजे मृत ठानेर आफन्तलाई बुझाइएको नवजात शिशु ५५ मिनेटपछि जिवित रहेको भन्दै अस्पताल पु¥याइएको थियो ।


भेरी अञ्चल अस्पतालले शनिवार बिहान ६ः३० बजे जारी गरेको प्रेस नोटका अनुसार, सबै प्रयास असफल भएपछि बिहान ६ बजे शिशुलाई मृत घोषित गरिएको हो । ‘प्रीम्याचुअर बच्चाहरुमा पूर्वानुमान गर्न गा¥हो हुने शारिरीक अवस्थाको कारणले गर्दा हुन पुगेको घटना हामी सबैको निम्ति पाठ हुन पुगेको छ,’ अस्पतालले शनिवार बिहानै जारी गरेको प्रेस नोटमा घटनाको सबै जानकारी दिंदै भनिएको छ, ‘यस प्रकारका असावधानीहरु भविष्यमा हुन नदिन अस्पताल प्रतिबद्धता जाहेर गर्दछ ।’
जाजरकोटकी कमला अधिकारीले जन्माएकी २३ साताको गर्भलाईनै अस्पतालले ‘प्रीम्याचुअर’ भनेको हो । अत्यधिक रक्तश्रावका कारण बिहान साढे ५ बजे भेरी अञ्चल अस्पतालमा भर्ना भएकी २० वर्षीया अधिकारीले १५ मिनटपछि दिन नपुगी २३ साताको ६ सय ग्राम तौलको शिशुलाई जन्म दिएकी थिइन् । शिशुले जन्मिंदा कुनै प्रतिक्रिया नदेखाएपछि ४५ मिनेट सम्मको ‘नर्स अब्जर्वेसन’मा शिशुको धड्कनले समेत काम गर्न छाडे पछि अस्पतालले शिशुलाई आफन्तको जिम्मा लगाएको जनाएको छ ।
अस्पतालले मृत घोषित गरेको शिशुको अन्तिम संस्कारका लागि ठिक्क पार्दा चल्मलाएको पाइएपछि शिशुका पिता मिलन अधिकारीले पुनः अस्पताल लगेका थिए । यस अघि पनि उनको २ पटक सम्म गर्भपात भएको अधिकारीको अस्पताल फिर्ता ल्याइएको शिशुलाई उपचार शुरु गर्दै अस्पतालले उक्त घटनालाई लिएर जिम्मेवारी लिंदै शुक्रवारमात्रै दुई पटक सम्म औपचारिक स्वास्थ्य रिपोर्ट सहितको प्रेस नोट जारी गरेको थियो ।
अस्पताल फर्काइएको शिशुको भेरी अस्पतालको एनआइसियु कक्षमा उपचार भएपनि बचाउन नसकेको सम्बद्ध चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया