नेकपाले भन्यो, ‘राजनीतिकरण नगरौं’


दैनिक नेपालगन्ज
बाँकेको सितापुरमा बिहीवार भएको काँग्रेस सभापति किरण कोइराला आक्रमणको घटनालाई सत्तारुढ नेकपा बाँकेले राजनीतिकरण नगर्न आव्हन गरेको छ । शुक्रवार उक्त घटनालाई लिएर पत्रकार सम्मेलन गरेको नेकपा बाँकेले घटनालाई नितान्त व्यक्तिगत भन्दैे, राजनीतिक रुप नदिन आग्रह गरेको हो ।
पत्रकार सम्मेलन पुर्व नेकपा बाँकेका अध्यक्ष आइपी खरेल र सचिव अशोक कोइरालाले घटनाप्रति दुःख व्यक्त गर्दै काँग्रेस सभापति कोइराला भेट्न पुगेका थिए । ‘अराजकता छैन, कानुनी राज्य हो, नेकपा अध्यक्ष खरेलले पत्रकार सम्मेलनमा भने, ‘व्यक्तिगत घटना भइकाले कानुनलाई काम गर्न दिउँ, समस्याको समाधान निस्कन्छ ।’ अध्यक्ष खरेलले सहकार्यको राजनीतिक अभ्यासमा आफुहरु रहेको आल्याउँदै भने, ‘सितापुर घटनामा नेकपाका कार्यकर्ताको कुनै संलग्नता छैन, हुने कुनै पार्टी नीति छैन ।’ ‘ज्यान मार्ने उद्योग लगाएर घटनालाई बल्झाउने र द्वन्द्व निम्त्याउने खेल खेंिलदैछ,’ खरेलले भने ।


नेकपा बाँकेका सचिव कोइरालाले ‘काँग्रेसकै व्यक्तिले उजुरी हाल्ने पक्रन जाँदा काँग्रेसकै व्यक्तिलाई कानुनी अनुसन्धानमा बाधा पार्ने हाम्रो पार्टीलाई किन अनाहकमा मुछ्ने ?,’ पत्रकार सम्मेलनमा घटनालाई अनाहकमा राजनीतिकरण गरिएको भन्दै आक्रोश व्यक्त गरे । ‘काँग्रेसको कार्यक्रम बिथोल्ने कुनै नीति छैन, नत केन्द्रीय निर्देशननै छ ,’ काँग्रेसको आरोप अस्वीकार गर्दै नेकपाले विज्ञप्ति जारी गरि भनेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया