सरकारविरुद्धका चर्का नाराबाजी गर्दै बाँके काँग्रेसका कार्यकर्ता नपालगन्जको सडमकमा उत्रिएका छन् । प्रहरीकै उपस्थितिमा युवाहरुको भिडले विहीवार काँग्रेसको एउटा कार्यक्रममा हस्तक्षेप गर्दा जिल्ला पार्टी सभापति किरण कोइरालाको हातनै भाँच्चिएपछि बढेको राजनीतिक सरगर्मीले सरकार विरुद्ध नाराबाजीको उर्जा मिलेको हो ।
विहानैदेखि काँग्रेस सभापति कोइरालाकै नेतृत्वमा पूर्व साँसद बादशाह कुर्मी, नगरसभापति प्रशान्त विष्ट लगायतका नेताहरुले सरकार, नेकपा र स्थानीय प्रहरी प्रशासन विरुद्धको युवा प्रदर्शनलाई उर्जा दिइरहेका छन् । खासखगरि सरकारविरुद्धका उग्र नारा लागिरहेको विपी चोकमा सडक अवरुद्ध गरि बालिएको टायरले वरपरको वातावरण निकै विगारेको देखिन्छ ।
खजुरा गाउँपालिका – ३ सितापुरमा विहीवार आयोजित राष्ट्रिय जागरण अभियानमा स्थानीय युवाहरुको भिडले काँग्रेस कार्यक्रममै हस्तक्षेप गरेका थिए । हस्तक्षेपकारीहरुलाई काँग्रेसले सत्तारुढ नेकपाका कार्यकर्ता भनेको छ । नेकपाले हस्तक्षेपमा आफ्ना कार्यकर्ता संलग्न भएको स्वीकार गरेको छैन ।
तरुण नेता असलम भाट विरुद्ध काँग्रेसका स्थानीय कार्यकर्ता भुवनसिंह थापाले दिएको उजुरी उपर प्रहरीले कारबाही गर्न भएको ढिलाइ बढ्दै जाँदा आक्रोशित स्थानीय युवाहरु काँग्रेसको कार्यक्रममैं पुगेका हुन् । प्रत्यक्षदर्शीका अनुसार, थापाको एउटा उजुरीमा प्रहरीले खोजी गरिरहेका व्यक्ति तरुण दल खजुराका सचिव भाटलाई पक्राउ गर्न कार्यक्रमस्थलमा पुगेको थियो । काँग्रेस नेता, पूर्व साँसद बादशाह कुर्मीको अनुरोधमा प्रहरीले कार्यक्रमपछि मात्र समात्ने योजना थाह नपाएका ती युवाहरु कार्यक्रममैं पुगेर हस्तक्षेप गर्दा तनावको अवस्था उत्पन्न भएको हो ।
दुई सिपाही लिएर राधापुर प्रहरी चौकीबाट सितापुर पुगेका असइलाई बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक बीर बहादुर ओलीलनै कार्यक्रम सकिएपछि भाटलाई पक्रन निर्देशन दिएका थिए । थापालाई उजुरी दिन नेकपाका कार्यकर्ताले दबाब दिएको दावी काँग्रेसको छ ।
बाँके प्रहरी प्रमुख ओलीले कहिंकतै कोहीपनि जिल्लामा असुरक्षित अवस्थामा नरहेको बताए । ‘भाट विरुद्ध पहिलेपनि साइबर क्राइम लगायतका ३/४ वटा मुद्दा छन्,’ पटक–पटक काँग्रेस नेताहरुले जिम्मा लिंदै गल्ती नदोहो¥याउने वचन दिंदै छुटेका भाटलाई संरक्षण दिंदा दुर्घटना भएको प्रहरी उपरीक्षक ओलीको भनाइ छ । उनै आरोपी भाटपनि प्रदर्शनमा सहभागी छन् ।