जनताको आँगनमा जनप्रतिनिधि

नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ का सरोकारवालाहरुबिच वडाको विकासको वारेमा छलफल भएको छ । अमेरिकी दुताबासको सहयोगमा एकाउण्टबिलिटि ल्याव र बासद्वारा सञ्चालित जवाफदेहिताका लागि आर्थिक पारदर्शिता परियोजना अन्र्तगत जनताको आगनमा जनप्रतिनिधि कार्यक्रममा गत गत आ.व.मा वडाले गरेको विकासको वारेमा छलफल भएको हो ।

वडानम्वर १ का सदस्यहरु राजरानी पासि र सरस्वती महतको बिशेष उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा वडावासी र प्रतिनिधि विच बिभिन्न विषयमा छलफल भएको थियो । कार्यक्रमका सिएफए छबिलाल सुनारले सहजिकरण गरेको कार्यक्रममा सूचनाको हक, सुशासनका लगाएतको बिषयमा समेत छलफल गरिएको थियो ।

त्यस्तै, रुपन्देहिको कोटहिमाई गाउँपालिका वडा नम्वर ६ को हल्दिमा प्रहरी नागरिक बीच अन्तर सम्बाद कार्यक्रम सम्पन्न सोमवार सम्पन्न भएको छ । युएनडिपिको सहयोगमा बासद्वारा सञ्चालितदिगो बिकास तथा सामाजिक सद्भावका लागि नागरिक साझेदारी परियोजना अन्र्तत सो कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया