नेपालगन्ज – आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमख प्रकाश पौडेलले नेपालको वर्तमान कर प्रणालीको कार्यान्वयनमा गैर सरकारी संस्थाहरुले सहयोग गर्नुपर्ने बताएका छन् । बाँके जिल्लाका गैससकर्मिहरुसंग गरिएको अन्र्तक्रिया कार्यक्रममा बोल्दै प्रमुख पौडेलले यस्तो बताएका हुन् ।
गैससहरुले सामाजिक विकासमा महत्वपुर्ण भुमिका खेल्दै आएको बताउदै बिभिन्न शिर्षकमा गैससले राज्यलाई तिर्नुपर्ने करको विषयमा सबैको बुझाई सकारात्मक हुनपर्नेमा पौडेलको जोड थियो ।
कार्यक्रममा सहभागि गैसस प्रतिनिधिहरुले गैससहरुले पाउने कर छुटको प्रमाणपत्र उपलब्ध गर्ने प्रक्रिया, आयकरको किसिम, मापदण्ड, र इटिडिएस प्रक्रिया लगाएतको विषयमा जिज्ञासा तथा प्रश्नहरु रोखेका थिए । सहभागीहरुले राखेको जिज्ञासको जवाफ दिदै प्रमुख पौडेलले गैससहरुलाई नाफारहित संस्थाको रुपमा राखिएको भएपनि कस्ता संस्थाहरुलाई नाफारहित संस्था भन्ने विषयमा स्पष्ट कानुन तथा निर्देशिका नहुँदा समस्य भएको बताए । नाफा कमाउने उद्देश्य नबोकेर सामाजिक हितको लागि काम गर्ने उद्धश्यका साथ स्थापनना भएका र उद्देश्य अनुसारको काम गरिरहेका संस्थाहरुलाई कर छुटको प्रमाणपत्र दिदै आएको बताउदै पौडेलले भने ‘कतिपय नाफामुलक संस्थाहरुले समेत कर छुटको प्रमाणपत्र माग गर्दा समस्या उत्पन्न हुने गरेको छ ।’ गैरनाफामुलक, सामाजिक हितको लागि काम गर्ने उद्धेश्यका साथ स्थापना भएका गैससहरु कुनै पनि हालतमा भ्याटमा जान नहुने भन्दै यस्ता संस्थाहरुले ढिलो चाँडो सबैले कर छुटको प्रमाणपत्र पाउने पौडेललको भनाइ थियो ।
गैर सरकारी संस्था महासँघ नेपाल, बाँके शाखा र आन्तरिक राजश्व कार्यालय, नेपालगञ्ज बाँकेको संयुक्त आयोजनामा आइतवार नेपालगन्जमा भएको कर सम्वन्धी अन्र्तक्रिया कार्यक्रममा गैसस महाँसंघका सल्लाहकार तेज बिक्रम शाह, कानुनी सल्लाहकार चित्र बहादुर के.सी., कोषाध्यक्ष दिपा थापा, जिल्ला युवा क्लब सञ्जालका सचिव राजन बर्मा, नाईस नेपालकी सचिव रुपा चौधरी, समाज सुधार संस्थाका अध्यक्ष बिनोद थापा लगाएतले आन्तरिक राजश्व कार्यालयले गैससहरुलाई सेवा प्रदान गर्दा सहज बातावरण बनाउन आग्रह गरेका थिए । अन्र्तक्रियामा करदाता शिक्षाको बिभिन्न विषयमा आन्तरिक राजश्व कार्यालय नेपालगन्जका कर अधिकृत यज्ञ राज ढकाल र कम्प्युटर अधिकृत लिला नाथ पाण्डेले कार्यपत्र प्रस्तुत गरेका थिए ।
गैसस महासंघका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा सम्पन्न अन्र्तक्रिया कार्यक्रम सचिव आशिष बर्माले सञ्चालन गरेका थिए । कार्यक्रममा बाँकेका ६० बढि गैससका प्रतिनिधिहरुको सहभागिता रहेको ।
यसैबीच, गैसस महासँघ नेपालले गैसस आचारसंहिता कार्यान्वयनमा जोड दिएको छ । आचारसंहिता कार्यान्वयन गर्न, गराउन सबै संस्थाहरुलाई आग्रह गरेका हो ।