प्राधिकरण कोहलपुरमा निशुल्क वाइ-फाइ सेवा सुरु

कोहलपुर – नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रले आफ्नो ग्राहकहरुका लागि निशुल्क वाइ-फाइ सेवा सुरु गरेकोछ।

विद्युत महसुल बुझाउन आउने ग्राहकहरुलाई लक्ष्यित गरि वितरण केन्द्रले सोमबारदेखि आय काउण्टर क्षेत्रमा सो सुविधा सुरु गरेको हो।
दिनहुँ सयौँ ग्राहकहरु महसुल बुझाउन आउने गरेको र त्यस्ता ग्राहकले आफ्नो पालो कुर्नुपर्ने समयलाई दृष्टिगत गर्दै ग्राहकवर्गको सुविधाका लागि अधिकतम १ घण्टा ३० मिनेटसम्मका लागि सो निशुल्क वाइफाइ सुविधा दिने वितरण केन्द्रले जनाएको छ।
“प्रायः महसुल बुझाउन आउने ग्राहकहरुलाइ १ घण्टा ३० मिनेट भन्दा बढी आफ्नो पालो कुर्नुपर्ने अवस्था नआउला भन्ने हिसाबले सञ्चारसंग जोडि रहन ग्राहकवर्गका लागि हामीले आय काउण्टरमा यो सेवा थालेका हौ”- वितरण केन्द्र प्रमुख जगन्नाथ लामिछानेले भन्नुभयो।
इन्टरनेट प्रदायक संस्था वल्डलिंकसंग एक समझदारी गरि आगामी ५ वर्षका लागि सो सेवा सुचारुका लागि प्रदायक संस्थालाई एकमुष्ट शुल्कपनि बुझाइ सकिएको वितरण केन्द्र प्रमुख लामिछानेले जानकारी दिनुभयो।
पछिल्लो समयमा इन्टरनेट हात- हातमा पुगीसकेको र अपरिहार्य बनीसकेकोले कार्यालयमा महसुल बुझाउन आउने आफ्ना ग्राहक वर्गलाई सो सुविधापनि दिन थालेको जनाइएकोछ।
ग्राहक वर्गलाई छिटो छरितो सेवा प्रवाहतर्फ प्रतिबद्धरुपमा लागेको बताउदैं वितरण केन्द्रले ग्राहक वर्गका लागि आय काउण्टरमा कुपन पद्धतिबाट पालो निर्धारण गर्ने, मनोरञ्जनका लागि श्रव्य दृश्य सामाग्री टी.भी. समेत जडान गरी प्रयोगमा राखेको छ। वितरण केन्द्रले गरेको सो प्रयासप्रति आउने ग्राहकहरु खुसी देखिएकाछन्।

प्रतिक्रिया

प्रतिक्रिया