भेरी अस्पताल नेपालगन्जमा भेटिएका ७ जना डेंगुका विरामीमा १ जना बाँकेका छन्
नेपालगन्ज – देशभर डेंगु संक्रमितको संख्या बढिरहेको छ । प्रदेश ५ मा डेंगुको संक्रमण बढ्दो देखिन्छ । त्यसले बाँकेबासीलाई पनि सन्त्रस्त पारेको छ । डेंगुको संक्रमित र हाल भाइरल बिरामीहरुको लक्षण मिल्दो जुल्दो हुँदा त्रासकै कारण अस्पतालमा चेकजाँचका लागि पुग्नेहरुको संख्या ह्वात्तै बढेको छ ।
प्रदेश ५ मा डेंगुका विरामीको संख्या बढिरहेको अवस्थामा बा“केमा भने त्यस्तो भयावह अवस्था भने देखिइसकेको छैन । रुपन्देहीमा डेङगुको संक्रमण फैलिएको छ । हालसम्म ७० जनामा डेंगुको संक्रमण भेटिएको छ । जिल्लाका सरकारी तथा निजी अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ७० जनामा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । तर, बाँकेको भेरी अस्पतालमा उपचारमा आएका मध्ये ७ जना मात्र संक्रमित छ । जसमध्ये १ जनामात्र बाँकेमा नियमित बस्दै आएका थिए ।
भेरी अस्पताल नेपालगन्जका अनुसार, हालसम्म ७ जना बिरामीमा डुेंगुको संक्रमण देखिएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुपानन्द अधिकारीले ७ जनामा बा“केका बिरामी भने १ जना मात्रै रहेका छन् । बा“की ६ जना अन्य जिल्लाका बासिन्दा हुन् । भेरी अस्पतालका अनुसार, अस्पतालमा भेटिएका डेंगुका बिरामी कैलालीका १, बर्दियाका १, पाल्पाका १, बुटवलका ३ जना रहेका छन् । अस्पतालका डा. खगेन्द्रजंग शाहीले बुटवलबाट नेपालगन्ज आएका ४ मध्ये ३ जनमा डेंगुको संक्रमण देखिएको छ । बाँकेबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने आइपी खरेल, कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालमा समेत डेंगुको संक्रमण देखिएको छ ।
बाहिर जिल्लाबाट नेपालगन्ज आएका व्यक्तिहरु बिरामी भई अस्पताल आउ“दा डेंगु फेला परेको मेडिकल सुपरिटेन्डेन्ट डा. अधिकारीले बताए । ‘अहिलेसम्म बा“केमा जोखिम देखिएको छैन’, उनले भने, ‘यद्यपि सुरक्षाका उपाय भने अपनाउनु आवश्यक छ ।’
देशभर डुेंगुको संक्रमण बढ्दै गएपछि नेपालगन्जमा पनि आशंकामा चेकजा“च गराउन अस्पताल पुग्नेको संख्या बढिरहेको मेडिकल सुपरिटेन्डेन्ट डा. अधिकारीले बताए । ‘रुघा, खोकी र ज्वरो आउने बिस्तिकै डेंगुको आशंकामा दैनिक ४०÷५० जना चेकजा“चका लागि आउने गर्नुभएको छ’, उनले भने ।
डा. खगेन्द्रजंग शाहीले अस्पतालमा फेला परेका डेंगुका बिरामीहरुमा कडा संक्रमण भने नपाइएको बताए । ‘बा“केमा बाहिरि जिल्लाबाट उपचारमा आउनेमा डेंगु देखिएपनि बा“के भित्रमा चेकजा“च लागि आउनेहरुमा त्यस्तो पाइएको छैन’, उनले बताए ।
डा. शाहीले भाइरल बिरामीहरुको संख्या भने बढेको बताए । ‘डेंगुको डरका कारण भाइरल संक्रमण हुनेहरुमा पनि उपचारका लागि अस्पताल पुग्ने गरेका छन्’, उनले भने । डा. शाहीका अनुसार, ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने, रुघाखोकी लाग्ने, ब्लडप्रेशर कम हुने डेंगुका लक्षण हुन् । डा. शाहीले डेंगुबाट बच्न भाइरल ज्वरो आए सचेतना अपनाउनु पर्ने बताउ“छन् ।
डा. शाही बा“केमा डेंगु जोखिम नदेखिएपनि सतर्कता भने अपनाउन सुझाव दिन्छन् । उनी भन्छन्, ‘ पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरू आदिमा पानी जम्न नदिनु उचित हुन्छ ।’
डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । स–साना पानीको पोखरीमा यसले फुल पार्छ । खास गरी वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रङ्गका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यस्ले फुल पार्दछ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्त मात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी हुने गर्छ ।
डेंगु एडिस एजेप्टाई र एडिस एल्वोपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । यो भाइरस डेंगु १, डेंगु २, डेंगु ३ र डेंगु ४ गरी चार प्रकारका हुन्छन् । एडिज लामखट्टे कालो रङ्गको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ । औलो उत्पन्न गर्ने लामुखट्टे फोहोर पानीमा पाइने भए पनि डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ ।
डेंगु रोग क्लासिक डेंगू, हेमोरेजिक र साक सिन्ड्रोमगरी तिन प्रकारका छन् । क्लासिक डेंगू सामान्य प्रकारको डेंगू हो । यो आफै निको हुन्छ, मृत्युको सम्भावना कम हुन्छ । तर यदि कुनै व्यक्तिलाई डेंगू हेमोरेजिक ज्वरो वा डेंगू साक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु हुन सक्छ ।
ज्वरो घटाउन सिटामोल खानुपर्छ तथा प्रशस्त झोल पदार्थ खानुपर्छ । तर ज्वरो घटाउने भनेर एस्पीरीन तथा आईबुप्रोफेन भने खान हुँदैन । डेंगू ज्वरो विरुद्धको खोप तथा खास उपचार समेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय हो ।
विगतका बर्षहरुमा लामखुट्टे मार्नका लागि नेपालगन्ज उपमहानगरपालिकाले नगर क्षेत्रमा औषधी छर्कने गर्दथ्यो । तर, यसबर्ष त्यसो गरेको पाइ“दैन । ‘संक्रमण हुनु अघि नै सावधानी अपनाएर लामखुट्टे नियन्त्रणका उपाय स्थानीय र उपमहानगरपालिका दुवैले अपनाउनु पर्छ’, नेपालगन्ज–४ का बासिन्दा राम बहादुर श्रेष्ठ भन्छन् ।
बाँकेमा डेंगुको प्रभाव खासै नदेखिएपनि यो जोखिमपूर्ण क्षेत्र रहेको चिकित्सकहरु नै बताउँछन् । रुपन्देहीमा साउन २८ देखि रुपन्देहीमा डेंगुका बिरामी भेटिएको र भदौ १५ पछाडि बिरामी ह्वात्तै बढेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिएका छन् । उनका अनुसार, अहिले दैनिक १० देखि १५ जनाको हाराहारीमा बिरामी आउने गरेका छन् । रुपन्देहीको बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका र देवदह नगरपालिकाकामा डेंगुको संक्रमण बढी मात्रामा देखिएको शाहको भनाइ छ ।
पछिल्लो समय प्रकोपका रूपमा फैलिएको डेंगुबाट देशभर करिब ७० हजार व्यक्ति प्रभावित भएको तथ्य सञ्चारमाध्यममा सार्वजनिक भएको छ । यसले लामखुट्टेको अत्याधिक प्रभावमा रहने बाँकेबासीमा पनि चिन्ता सुरु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकअनुसार सरकारी अस्पतालमा जचाउन आएका बिरामी मात्रै वैशाखयता करिब ७ हजार छन् । निजी अस्पतालमा जँचाएका र अस्पताल आइनपुगेका बिरामी संख्या जोड्दा करिब ७० हजार पुग्ने चिकित्सकको आँकलन छ ।