नेपालगन्ज – मेरो टुकी प्रज्ञालयका बालबालिकाले शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस विविध क्रियाकलाप गरेर मनाएका छन् । ‘साक्षरता तथा बहुभाषिकता«’ नारा दिइएको यस वर्षको अन्तर्राट्रिय साक्षरता दिवस र शिक्षा दिवसको महत्वबारे बुझाउन बालबालिकालाई चित्रकला, बहुभाषिक खेल, नेपाली, अवधी, थारु, अंग्रेजी र हिन्दीका संक्षिप्त प्रहसन तथा गीतमा सहभागी गराइएको थियो । प्रज्ञालयका बालबालिकालाई साक्षरता र पढाइको महत्वबारे कार्टुन वृत्तचित्र देखाउनुका साथै शिक्षिकाहरुबाट कथा वाचन गरिएको थियो ।
मेरो टुकी प्रज्ञालयले २ देखि ५ वर्षका बालबालिकालाई शिक्षा र प्रज्ञा दुवैको सन्तुलित विकास गर्न बालबालिकाकै प्रत्यक्ष सहभागिता र सिर्जनालाई जोड दिएर शिक्षकशिक्षिकाले सहयोग र समन्वय मात्र गर्ने गरेको प्रिन्सिपल तथा संचालिका कल्पना शर्माले बताइन् ।